साफ यु–१८ को लागि प्रारम्भिक टिम घोषणा, को को परे ?

काठमाडौँ । नेपालले साफ यु–१८ च्याम्पियनसिपका लागि खेलाडिको प्रारभिम्भक टिमको घोषणा गरेका छन् । 

प्रशिक्षणमा रहेका ४६ खेलाडी मध्ये ३० जना प्रारम्भिक टिममा छनौट भएको नेपालका प्रमुख प्रशिक्षक चेतनारायण श्रेष्ठ जानकारी दिए । 

छनौटमा परेकामध्ये ३ सातापछि २३ जना हुनेछन् । घरेलु मैदानमा आयोजना हुन लागेको तेस्रो संस्करणको च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ । खेल तालिकानुसार हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को खेल मैदान नेपालले पहिलो खेल आगामी असोज ३ गते खेल्नेछ । उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने भएका छन् । 

यस्तै समूह ‘बी’ मा भारत, श्रीलङ्का र बंगलादेश छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनल खेल असोज १२ गते हुनेछ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का अनुसार साविक विजेता नेपालले दोस्रो खेल असोज ५ गते माल्दिभ्ससँग तथा समूहको अन्तिम खेल असोज ७ गते भुटानसँग खेल्नेछ ।

कोको परे टिममा ? 
फरवार्ड : ब्रिजेश चौधरी, सचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी
डिफेन्डर : विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, सुजन शर्मा,नवीन गुरुङ, रोशन दोङ, विशान्त बस्नेत, अलिक रुम्बा, अन्जन महर्जन 
मिडफिल्डर : शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, राजन पुन, आकास बुढामगर, रेजिन माझी, जय गुरुङ, मनिष थापा, कुशल फुया, नितिन थापा
गोलकिपर : विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी, पुजन होडा 

सर्वाधिक मूल्यवान फुटबलर एमबाप्पे

  काठमाडौँ ३२ साउन । फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पे विश्वकै सबैभन्दा महँगा फुटबलर बनेका छन् ।   फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन

ला लिगाको उद्घाटन खेल : बिल्बाओसँग बार्सिलोनाको अप्रत्यासित हार  

काठमाडौँ ३२ साउन । स्पेनिस ला लिगाको साविक च्याम्पियन बार्सिलोनालाई नयाँ सिजनको सुरुवातसँगै उदघाटन खेलमै झट्का लागेको छ । एथलेटिको बिलबाओसँग

पाथीभरा गोल्डकप : मोरङ विजयी

ताप्लेजुङ ३२ साउन । चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ ।  टाइबेकरमा

कस्ले जित्ला वर्ष खेलाडीको अवार्ड ?

  काठमाडौँ ३१ साउन । युईएफएले वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयन सार्वजनिक गरेको छ । यूईएफले सार्वजनिक गरेको अन्तिम तीन खेलाडीको सूचीमा