सन्दिपले पाए अमेरिकाको भिसा 

 

काठामाडौँ । मंगलबार विहान भिषा नदिएको काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ । अमेरिकाको ’बी १’, ’बी २’ भिसाका लागि आवेदन दिएका थिए । 

सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, मंगलबार विहान उनलाई भिषा दिन इन्कार गरेको थियो । सबै प्रक्रिया पुरा गरेर दुतावासले भिषा दिएको हो । बिहान भिषा नदिएपछि लामिछानेले आफु खेलकै क्रममा विभिन्न देशमा गएको तर, आज भिषा नदिनुले आफुलाई आश्चर्य लागेको ट्युट गरेका थिए । 

क्यारेबियन लिगको दोस्रो चरणका खेलहरु अमेरिकामा पनि हुने सम्भावना रहेकोले अमेरिका जान खोजेका थिए । उनलाई बिहान इन्कार गरेर दिउँसो दिउँसो बोलाएर भिषा दिएको हो । अमेरिकामा खेलाडीका रुपमा जानका लागि बी १, बी २ वा पी १ भिसाका लागि आवेदन दिनुपर्ने प्रावधान छ । 

सम्बन्धित समाचार

https://www.saralpatrika.com/news-details/22535/2019-08-13

सर्वाधिक मूल्यवान फुटबलर एमबाप्पे

  काठमाडौँ ३२ साउन । फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पे विश्वकै सबैभन्दा महँगा फुटबलर बनेका छन् ।   फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन

ला लिगाको उद्घाटन खेल : बिल्बाओसँग बार्सिलोनाको अप्रत्यासित हार  

काठमाडौँ ३२ साउन । स्पेनिस ला लिगाको साविक च्याम्पियन बार्सिलोनालाई नयाँ सिजनको सुरुवातसँगै उदघाटन खेलमै झट्का लागेको छ । एथलेटिको बिलबाओसँग

पाथीभरा गोल्डकप : मोरङ विजयी

ताप्लेजुङ ३२ साउन । चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ ।  टाइबेकरमा

कस्ले जित्ला वर्ष खेलाडीको अवार्ड ?

  काठमाडौँ ३१ साउन । युईएफएले वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयन सार्वजनिक गरेको छ । यूईएफले सार्वजनिक गरेको अन्तिम तीन खेलाडीको सूचीमा