प्रिमियर लिगका तीन संकेतः विवादमुक्त हुन सकेन भार

लन्डन, २८ साउन । इंग्लिस प्रिमियर लिगमा उपाधि दाबेदार टोली म्यानचेस्टर सिटी र लिभरपुलको गोल वर्षाका साथै भिडियो असिस्टेन्ट रेफ्री (भार) विवाद समाचारका हेडलाइन बनेका छन्  । विश्वमै सबैभन्दा धेरै हेरिन्छ प्रिमियर लिग । नयाँ सिजनको पहिलो साता समाप्तिमा देखिएका तीन मुख्य विषय एएफपी स्पोर्ट्सले यसरी उल्लेख गरेको छ ।

म्यानचेस्टर सिटी र लिभरपुलको संकल्प
युरोपियन च्याम्पियन लिभरपुलले नर्विच सिटीविरुद्ध ४–१ को सानदार जितसाथ प्रिमियर लिगको उपाधि यात्रा सुरु गरेको छ । जर्मन प्रशिक्षक योर्गन क्लोप नेतृत्वको लिभरपुल सन् १९९० पछि पहिलोपल्ट प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यमा छ । उसले पहिलो हाफमै चार गोल गरेर सिटीको दबदबा समाप्त गर्ने दृढ संकल्प प्रस्तुत गर्‍यो । तर सिटीले त्यो भन्दा पनि उत्कृष्ट जितसाथ जवाफ दियो । लन्डन रंगशालामा सिटीले वेस्ट ह्यामको पोस्टमा ५ गोल गर्न सफल भयो । ग्याब्रियल जेससले गोलको खाता खोलेपछि रहिम स्टर्लिङले ह्याट्रिक पूरा गरे । वैकल्पिकका रूपमा आएर सर्जियो अगुइरो पेनाल्टीमा गोल गर्न सफल भए ।

गत सिजन लिभरपुललाई १ अंकले पछि छोड्दै सिटीले प्रिमियर लिगको उपाधि लगातार दोस्रोपल्ट जितेको थियो । शीर्ष २ स्थानमा उनीहरूको वर्चस्व यस्तो थियो कि वर्षौंको मिहिनेतले त्यो टिम निर्माण भएको थियो । यहाँसम्म कि टोटेनहमका स्ट्राइकर ह्यारी केनले पनि सिटी र लिभरपुलको स्तर समाउन टोटेनहमले धेरै कुरामा सुधार गर्नुपर्ने बताएका छन् ।

केनले अन्तिम समयमा २ गोल गरेपछि लिगको पहिलो खेलमा टोटेनहमले एस्टोन भिल्लामाथि ३–१ को जित रचेको थियो । ‘लिभरपुलले एउटा मानक तयार गर्‍यो, त्यसपछि सिटीले । हामीलाई थाहा छ कि यो निकै कठिन र लामो सिजन हुनेवाला छ,’ केनले भने, ‘हामीले जितको सुरुआत त गरेका छौं तर अझै सुधार गर्नुपर्ने ठाउँ धेरै छन् ।’

नयाँ सिजन, नयाँ युनाइटेड
पछिल्लो सिजनको अन्तिम ६ खेलमा जित हासिल गर्न नसकेको म्यानचेस्टर युनाइटेडका लागि नयाँ सिजनमा तीव्र सुरुआत आवश्यक थियो । ट्रान्सफर अवधिमा युनाइटेडले मात्र ३ खेलाडी अनुबन्ध गरेको थियो । यी तीनै खेलाडीमा ह्यारी मगायर, आरोन वान बिसाका र डानियल जेम्सको डेब्यू खेलमा ओले गनर सोल्सायर नेतृत्वको टोली युनाइटेडले चेल्सीमाथि ४–० को प्रभावशाली जित निकाल्यो ।

विश्व कीर्तिमानी ८० मिलियन पाउन्डमा लेस्टरबाट आएका डिफेन्डर मगायरको उपस्थिति र वान बिसाकासँगको संयोजनले युनाइटेडको टाउको दुखाइ बनेको रक्षापंक्ति पहिलो खेलदेखि नै प्रभावशाली देखिएको छ । वैकल्पिकका रूपमा आएर गोल गरेका जेम्सले पनि नयाँ आशा देखाए । मार्कुस रासफोर्डको दुई र एन्थोनी मार्सलको एक गोलले युनाइटेडको जित निश्चित गरिसकेको थियो ।

युनाइटेडको अन्तिम दुई गोलमा पाउल पोग्बाको उल्लेख्य योगदान रह्यो । प्रि–सिजनभर अन्य क्लबसँगको अनुबन्धको रूपमा चर्चामा रहेका पोग्बा आफैंले ‘नयाँ चुनौती’ को इच्छा व्यक्त गरेका थिए । नतिजामा युनाइटेड हाबी देखिए पनि खेलभर चेल्सीले बल पोजिसन राखेको थियो । शट अन टार्गेट पनि उसैको धेरै थियो । तर पुनः एकपल्ट ओल्ड ट्राफोर्डमा घरेलु टोलीका लागि आशाका किरणहरू छरिएका छन् ।

विवादमुक्त रहेन भार
च्याम्पियन्स लिग र अन्य प्रमुख प्रतियोगितामा विवाद सिर्जना गरेपछि भारलाई यस सिजनदेखि प्रिमियर लिगमा पनि लागू गरियो । सुरुआती समिक्षामै यो व्यवस्थाका लागि अधिकांसको सकारात्मक प्रतिक्रिया छैन । भार प्रणाली यसअघि इंग्ल्यान्डको एफए कप र लिग कपमा लागू गरिसकिएको हो । गोल, पेनाल्टी वा अन्य निर्णायक क्षणमा हुने आशंका मेटाउनका लागि यसको प्रयोग सुरु भएको हो ।

तर वेस्ट ह्याममाथि सिटीको ५–० को जित र लेस्टरको वोल्भससँग गोलरहित बराबरीको नतिजापछि प्रशिक्षक र खेलाडीले नै भारले सही र निष्पक्ष नतिजा दिने क्षमतामा शंका गरेका छन् । लेस्टरविरुद्धको खेलमा लिन्डर डेन्डोन्करको गोल आफैं टिममेट विली बोलीको पाखुरामा लागेर रद्द गरिएकोमा वोल्भसका कप्तान कोनर कोडी आक्रोशित थिए । ‘त्यो गोल नै थियो । मानिसले हामीसँग भार छ भन्लान् र ह्यान्ड भएको निर्क्यौल पनि गर्लान् तर त्यति बेला विलीले बल देखेका थिएनन्,’ कोनरले भने, ‘हामीले भविष्यमा आफ्नो हात मैदानबाहिरै राखेर खेल्नुपर्ने भएको छ  ।’

रहिम स्टर्लिङ अफसाइड देखिएपछि सिटीका ग्याब्रियल नेससको गोल भारले रद्द गरिदिएको थियो । प्रिमियर लिगमा भारद्वारा रद्द भएको पहिलो गोल हो त्यो  । त्यस घटनामा प्रशिक्षक पेप ग्वार्डिओला पनि सन्तुष्ट थिएनन्  । (कान्तिपुरबाट)

सेटिङमा जम्दै जुवा अखडा : श्रीमती कमाउने, श्रीमान् उडाउने

  काठमाडौँ ३२ साउन । ‘नखेल्नु है जुवा र तास, धनको नाश जीवनको बनीबास’ भन्ने गीत कुनै समय निकै चर्चित थियो । जुवाको लतले धनको नाशसँगै घरपरिवारको पनि

न्यायमा विलम्ब : सर्वोच्चमा १२ बजे इजलास

  काठमाडौं ३२ साउन । सर्वोच्च अदालतका न्यायाधीशहरु एक महिनादेखि मुद्दाको सुनुवाइ गर्न १२ बजे मात्र इजलासमा बस्छन् । प्रधानन्यायाधीशबाट पेसी सूची

लाल आयोगको ‘गोप्य’ प्रतिवेदन स् क्षेत्राधिकार नाघेर ’दरबार हत्याकाण्ड’ सम्मको व्याख्या

  काठमाडौँ  ३२ साउन । तराई–मधेस र थरुहट आन्दोलनका विषयमा जाँचबुझ गरी प्रतिवेदन पेस गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको

चेकपोस्ट खण्ड अलपत्र, धुलो र खाल्डाले सास्ती

काठमाडौँ ३२ साउन । त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकअन्तर्गत थानकोटस्थित चेकपोस्ट चोकमा सडक निर्माणकोे काम अलपत्र छाडिएपछि स्थानीय धुलोबाट