एकसातासम्म किन लुकाईयो प्रधानमन्त्रीको स्वास्थ्य अवस्था

काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे देश र देशवासीलाई एकसातासम्म अन्धकारमा राखेको छ ।

सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराएका ओलीको स्वास्थ्य अवस्था के कस्तो छ भन्ने बारेमा अस्पतालले नियमित रिपोर्ट उपलव्ध गराएपनि प्रधानमन्त्रीको सचिवालय र सरकारी सन्यन्त्रले त्यसबारे नेपाली जनतालाई अवगत गराउनुपर्छ भन्ने कुरा सम्झन पनि चाहेको देखिएन ।

देशको कार्यकारी प्रमुखको स्वास्थ्य अवस्थाबारे जानकारी पाउनु जनताको अधिकारको बिषय हो । यही मान्यता अनुसार प्रधानमन्त्रीको सचिवालय र सरकारी सन्यन्त्रले संवेदनशील बाहेकको सूचनाबाट जनतालाई अपडेट गराउनु पर्नेथियो । तर दुर्भाग्यवस त्यसो गरिएन ।

प्रधानमन्त्रीसँग रहेका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल र उनको सचिवालयले किन प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको सूचना लुकाउनु नै उपयुक्त ठान्यो भन्ने कुराले सबैलाई आश्चर्यमा पारेको देखिएको छ ।

पारदर्शिताको पक्षपाती प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे देश र जनतालाई एकसातासम्म कुहिरोमा राखिएको कारण बुझेर जिम्मेवार व्यक्ति वा सन्यत्रलाई सोधपुछ गर्दा अन्यथा हुने छैन ।

  ओली स्वदेश फिर्ता

 राससका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओली  स्वास्थ्य परीक्षण गरी आज अपराह्न स्वदेश फर्किए । प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण  गराएका  थिए । उनी स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते त्यसतर्फ गएका थिए ।

प्रधानमन्त्री ओलीको सो हस्पिटलमा साउन १९ गतेदेखि स्वास्थ्य परीक्षण शुरु भएको थियो  । उनले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गरेका थिए । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी थिए ।

अफिसमा कामको प्रेसर खतरनाक हुन सक्छ

  काठमाडौं ३२ साउन । आफ्नो दौडधुपपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्टी लिनुहोस् र तनाव कम गर्नुहोस् । अफिसबाट लिइने यस्ता छुट्टीले तपाईलाई

औषधीय गुणले भरिपूर्ण पुदिना

  काठमाडौँ ३० साउन । पुदिनाको अचार स्वादिलो हुने कुरा त सेवन गर्नेहरुलाई थाहा नै छ । पछिल्लो समय खास गरी शहरको घरको कौसीमा र गमलाहरुमा तरकारी,

अल्छीपना बुद्धिमानीको निसानी 

काठमाडौँ ३० साउन । अमेरिकी अनुसन्धानकर्ताहरूले बडो अचम्मको कुरो पत्ता लगाएको दाबी गरेका छन् । त्यो के भने, अल्छी व्यक्ति सक्रिय रहनेहरूको दाँजोमा

होसियार ! ओछ्यानको तन्ना कत्तिको फेर्नु हुन्छ ?   

काठमाडौँ ३० साउन । सामान्यतया हामी जीवनको एक तिहाइ समय बिछ्यौनामा (बेड)मा बिताउँछौँ । यस्तो महत्वपूर्ण बिछ्यौना छिट्टै नै अनेकौँ खालका