पूर्वराजामाथि गम्भीर षडयन्त्रको संकेत 

नेकपा अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउने, राजाबादीलाई खरानी पार्ने आदि ध्वाँस दिइरहेकै बेला केही सूत्रहरुले पूर्व राजा बसीरहनुभएको नागार्जुनस्थित दरबारबाट सुरक्षाकर्मी फिर्ता बोलाउन केही दिन यता निकै कसरत भइरहेको र यसमा प्रचण्ड नै भिडिरहेको संकेत गरेका छन् ।

यदि यो खबर सत्य हो भने यसले मुलुकमा मुठभेड ननिम्त्याउला भन्न सकिन्न ।

जनताको चाहना बमोजिम हाँसी हाँसी पत्रकार सम्मेलनमार्फत बडा लोकतान्त्रिक शैलीले पुर्खाको नासो नारायणहीटी दरबार छाडेर नागार्जुनमा बस्न जानुभएका पूर्व राजाले नेपालको बर्तमान संविधानले दिएको मौलिक हकको उपभोग गरी आफ्ना धारणा राख्नुभयो र केही ठाउँहरुको भ्रमण गर्नुभयो भन्दैमा त्यसबाट अत्तालिएर, हतास मनस्थिति राखेर, लघुताभासले पिडित भएर यदि प्रचण्डबाट त्यस खालको कदम चालिने हो भने त्यो प्रचण्डकै लागि प्रत्यूत्पादक हुनसक्छ ।

पूर्व राष्ट्रपतिलाई राज्यले सुरक्षा र आवासको व्यवस्था मिलाएको छ । पूर्व प्रधान न्यायाधिश र पूर्व प्रधानमन्त्रीलाई राज्यले सुरक्षाको व्यवस्था मिलाएको छ । यस्तोमा, नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहका पछिल्ला उत्तराधिकारी ज्ञानेन्द्र शाहको सुरक्षा र आवास सुविधा खोस्नु या खोस्ने धम्की दिनु देशभक्तिपूर्ण कदम हुँदैहैन ।

दुइतिहाई बहुमतको आडमा देशमा ब्रम्हलुट मच्चाइरहेको जनताले देख्न नसकेपछि र प्रचण्ड आफै हेगमा जानुपर्ने हो कि भन्ने हिन मानसिकताले भयाक्रान्त भइरहेको अवस्थामा आफ्नो कमजोरी ढाकछोप गरी विषयान्तर गर्न पनि उनले पूर्व राजालाई तारो बनाएका हुनसक्छन् ।

तर, प्रचण्डले त्यसो गरेमा राजाबादी मात्र हैन, गैर राजाबादी पनि उनको खिलाफमा उत्रनेछन् । र, सबैभन्दा पहिलो नम्बरमा उभिएर म नै विरोध गर्नेछु । (पत्रकार कुसुम भट्टराईको फेसबूक टिप्पणी)

राजाले खोक्दा पनि किन तर्सिन थाले शक्तिशाली नेता ?

 योगी नरहरिनाथ पिताजीलाई भेट्न आइरहन्थे, आमाले र दाइ दिदीहरूले चर्चा गर्दा मैले योगीजीको नाउँ थाहा पाएको थिएँ । योगी राजा महेन्द्रका उच्च प्रसंशक

 आफ्नो सुरक्षाको प्रत्याभूति भए हिन्दू धर्म मान्न प्रचण्ड तयार

काठमाडौं । ‘दोस्रो शक्तिशाली नेता’ को राजनीतिक दर्जामा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सुरक्षाको प्रत्याभूति हुनेभएमा वैदिक

१० करोडको चेक घर्रामा राखेर ठेकेदारसँग बार्गेनिङ गर्दाको परिणाम

काठमाडौं । यो हप्ता (साउन २०) व्यक्तिगतरुपले अहिलेसम्मकै सबैभन्दा ठूलो घुसकाण्डको पर्दाफास भयो । यस्तो काण्ड रच्ने व्यक्ति उपाधि र पदीय हिसावले पनि

समृध्द नेपाल सुखी नेपालीको नतिजा- राष्ट्रपतिदेखि प्रधान न्यायाधीशसम्मले कुम्ल्याए सुविधा !

काठमाडौं । जनमतको उपेक्षा गर्दै विशिष्ट तहका व्यक्तिहरुले राज्यकोषबाट विशेष सुविधा लिने भएका छन् । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री