किरिया गरेको १५ वर्षपछि जीवितै घर फर्के पूर्वलडाकु उमेश

नेपालगन्ज, २३ साउन । ‘वर्गविहीन समाज’ निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दस वर्षे ‘जनयुद्ध’ मा हजारौं युवा सहभागी भए।  युद्धमा सहभागीमध्ये केहीको मृत्यु भयो, केही सकुशल घर फर्किए त केही बेपत्ता, घाइते र अपांग भए।  केही बेपत्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृत्यु भएको ठानेर काजकिरिया पनि गरेका छन्।  तर रूकुममा काजकिरिया गरिएको १५ वर्षपछि एक पूर्वलडाकु यही साउन १९ गते घर फर्केका छन्।  परिवारका सदस्यले उनी युद्धमा मरेको ठानेर काजकिरिया गरेका थिए।

रूकुमको खारामा सरकारी सुरक्षाकर्मी र तत्कालनीन नेकपा माओवादीका लडाकुबीच भएको लडाइँका क्रममा बेपत्ता भएका सानीभेरी गाउँपालिका–११ (साबिक अर्मा गाविस– ९) का उमेश विश्वकर्मा परिवारले मरेको ठानेर किरिया गरेको अवस्थामा घर आएका हुन्।  २०६१ सालमा खारा लडाइँमा सहभागी भएका उनको अवस्था खुलेको थिएन।  उनी घर नआएपछि परिवारले मृत्यु भइसकेको भनेर काजकिरिया गरेको थियो।

‘छोराको अवस्थाबारे धेरै खोजी ग¥यौंैं, पार्टीले पनि खोज्यो,’ आमा मनकुमारीले भनिन्, ‘लडाइँमा गएको छोराको मृत्यु भयो होला भनेर हाम्रो परम्परा अनुसार काजकिरिया गरेका थियौं। ’ उनका अनुसार बेपत्ता भएको तीन महिनापछि उनी मरेको सम्झेर किरिया गरिएको थियो।  काजकिरिया गरिसकेको छोरा घर आएपछि अहिले मनकुमारीको परिवारमा खुसीको सीमा छैन।  उमेश घर पुग्दा सुरुमा आमाले विश्वासै गरिनन्।  तर उमेशले पुराना सबै कुरा र घटनाक्रमबारे जानकारी गराएपछि आमाले भक्कानिँदै अंगालो हालिन्।  ‘सुरूमा त मेरो छोरो आयो होला भनेर मैले विश्वासै गरिनँ तर उसले सबै कुरा भनेपछि मात्रै चिनें,’ आमा मनकुमारीले भनिन्, ‘खुसीले आँसु रोक्न सकिनँ। ’

उमेश एक्लै पनि आएका छैनन्।  उनले छोराछोरी र पत्नीलाई पनि साथमा ल्याएका छन्।  १६ वर्षको उम्मेरमा उनी माओवादीको ‘जनमुक्ति सेना’ मा सहभागी भएका थिए।  उनी खारा लडाइँमा सहभागी हुँदा २० वर्षका थिए।  विभिन्न ठाउँका लडाइँमा सहभागी उमेशले खारा युद्धमा घाइते भएपछि आफूलाई सबैले छोडेर गएको र बाँच्नका लागि भाग्दा–भाग्दा भारत पुगेको बताउँछन्।  ‘म त्यतिबेला लडाकुको ११ नम्बर प्लाटुनमा कार्यरत थिएँ।  खारामा रातभरि लडाइँ भयो।  बिहान हुन लाग्दा सबै साथी भाग्न थाले, म पनि ज्यान बचाउनका लागि भागें,’ उनले पुरानो कथा सुनाउँदै भने, ‘हिँड्दै जाँदा कहाँ पुगें कहाँ थाहा भएन।  ठूलो जंगलमा पुगें।  त्यही जंगल छिचोल्ने क्रममा भारत पुगेछु। ’ उनले थपे, ‘कुन ठाउँ हो त्यो थाहा भएन।  कयौं रात भोकभोकै गल्लीमा सुतें। 

धेरै होटेलमा पुगेर काम मागें तर पाइनँ।  काम खोज्दा–खोज्दा बल्ल एउटा सानो होटेलले खाना र बस्न मात्रै दिने गरेर काममा लगायो।  करिब पाँच वर्ष यसैगरी बिताएँ।  त्यसपछि त्यहाँबाट भागेर गाडीमा चढें।  त्यो गाडी कहाँ जाने हो केही थाहा थिएन्।  हिन्दी भाषासमेत राम्रोसँग बुझ्दैनथें।  त्यो गाडीले मुम्बई पु¥यायो।  त्यहीं काम गर्न थालें।  तीन वर्षपछि त्यहीं विवाहसमेत गरें। ’

उमेशले घर फर्केपछि दाजु र बहिनीलाई भने भेट्न पाएनन्।  दाजु धनबहादुर र बहिनी भूमकीको ६ वर्ष पहिले गाउँमा फैलिएको झाडापखालाले मृत्यु भएको थियो।  अहिले उनलाई भेट्न घरमा दैनिक पाँच/सात जना मान्छे पुग्छन्।  मृत्यु भइसक्यो भनेर काजकिरिया गरेको मान्छे छोराछोरी र पत्नीसहित घर पुग्दा गाउँले पनि खुसी छन्। (नागरिकबाट)

सेटिङमा जम्दै जुवा अखडा : श्रीमती कमाउने, श्रीमान् उडाउने

  काठमाडौँ ३२ साउन । ‘नखेल्नु है जुवा र तास, धनको नाश जीवनको बनीबास’ भन्ने गीत कुनै समय निकै चर्चित थियो । जुवाको लतले धनको नाशसँगै घरपरिवारको पनि

न्यायमा विलम्ब : सर्वोच्चमा १२ बजे इजलास

  काठमाडौं ३२ साउन । सर्वोच्च अदालतका न्यायाधीशहरु एक महिनादेखि मुद्दाको सुनुवाइ गर्न १२ बजे मात्र इजलासमा बस्छन् । प्रधानन्यायाधीशबाट पेसी सूची

लाल आयोगको ‘गोप्य’ प्रतिवेदन स् क्षेत्राधिकार नाघेर ’दरबार हत्याकाण्ड’ सम्मको व्याख्या

  काठमाडौँ  ३२ साउन । तराई–मधेस र थरुहट आन्दोलनका विषयमा जाँचबुझ गरी प्रतिवेदन पेस गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको

चेकपोस्ट खण्ड अलपत्र, धुलो र खाल्डाले सास्ती

काठमाडौँ ३२ साउन । त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकअन्तर्गत थानकोटस्थित चेकपोस्ट चोकमा सडक निर्माणकोे काम अलपत्र छाडिएपछि स्थानीय धुलोबाट