उपनिर्वाचनको नतिजा

२०७६ मङ्सिर १६ सोमबार ०७:५९:०० मा प्रकाशित


सुनसरी । धरान महानगरपालिकामा मेयर पदको लागि उपनिर्वाचनको मत गणना भइरको छ । वडा नं. २०,१९,१८, १६, १५,१४ र १२ को मतगणना पुरा भएको पाइएको छ । नेपाली काँग्रेसका तिलक राई ले सबैभन्दा बढी ११ हजार ८सय २७ मत प्राप्त गर्दै लिड गरेका छन् । उनको चुनावको प्रचार फरक रहेको पाइयो । उनी सडक बालबालिकालाई खाना दिँदै सामाजिक सञ्जालमा छाए । 

उनका निकटतम प्रतिद्वन्दी नेकपाका प्रकाश राईले ११ हजार १ सय २० मत पाएको बताइएको छ ।