विवाहको पहिलो एनिभर्षरी प्रियंकालाई अनौठो खुशी लिएर आयो

२०७६ मङ्सिर १५ आइतबार १६:११:०० मा प्रकाशित

मुम्बई । बलिउड स्टार प्रियंका चोपडाको पहिलो विवाह वर्षगाँठले उनको करिअरमा नौलो खुशी लिएर आएको छ । माराकेच इन्टरनेशनल फिल्म फेस्टिवलले उनको उपलब्धिहरुको सेलिब्रेट गर्दै पियंकालाई अभिनन्दन गर्ने घोषणा गरेको छ । उनलाई यो अभिनन्दन ऐतिहासिक स्थल जेमा एल फना स्क्वायरमा प्रदान गरिने भएको छ ।

यस्तो अन्तराष्ट्रिय तहको अभिनन्दन पाउने प्रियंका पहिलो भारतीय सेलिब्रिटी   हुन् । चर्चित सेलिब्रेटीलाई व्यक्तिगत रूपमा यसरी सम्मान गरिने परम्परा छ ।

 प्रियंका सहित अरु तीन कलाकार पनि सम्मानित हुने भएका छन् । अमेरिकन निर्देशक रोबर्ट रेडफोर्ड, वेटरन फ्रेंच फिल्ममेकर बरट्रैंड तावेर्निएर र तीन दशक देखि मोरक्कन सिनेमाको स्टार रहेका मूना फत्तेउ पनि सम्मानित हुने बताईएको छ ।

  गत वर्ष डिसेम्बरमा विवाह वन्धनमा बाँधिएका प्रियंका नि जोडीले भोलि २ डिसेम्बरमा विवाह उत्सव मनाउने बुझिएको छ । उनीहरुले यसको संकेत दिँदै एउटा रोमान्टिक तस्बिर पनि आफ्नो इन्टग्राममा पोष्ट गरेका छन् । एजेन्सी