मानव स्वास्थको लागि गाईको दुध आवश्यक

२०७६ मङ्सिर १५ आइतबार ०९:५२:०० मा प्रकाशित


दुधको प्रयोग मानव स्वास्थको लागि लाभदायक हुन्छ । मानिसले आमाको दुध जन्मिदै खान सिकेको हुन्छ । तर गाई तथा अन्य जनवारको दुधको सेवन कतिपय अवस्थामा हानिकारक हुने विज्ञहरुको तर्क छ । 

उत्तरी युरोप र नर्थ अमेरिकामा मानिसहरु ल्याक्टोजको सेवन वर्षौ देखि गर्दै आएका छन् । तर मानिस वृद्व भएपछि दुधमा पाइने ल्याक्टोज र इन्जाइम पचाउन सक्दैनन् ।

दुधमा प्रोटिन, क्याल्सियम, बि १२, आयोडिन जस्ता भिटामिन पाइन्छन् जसले हाड तथा मांसपेशी दरिलो राख्छ भने  ह्वे तथा क्यासिनले उच्च रक्तचाप हटाउँछ ।

स्वीडेनामा अन्वेषणकर्ताहरुले हड्डी कमजोर भएका नारीलाई दिनको २०० मिलि दुध पिउन आग्रह गरेका छन् । मेनोपज भएका महिलालाई दिनँहु दुध खान सुझाव दिइएको छ ।

गाईको दुध र मानव स्वास्थ्य
भर्खर व्याउन लागेका गाईको अस्ट्रेजिन २० गुणा बढि हुन्छ । हम्रोन मिसिएको दुध मानव स्वास्थ्य अनुकुृल हुँदैन । अध्ययनले प्रजनन प्रकृयाको अष्ट्रेजीन लेभल बढेको बेला उत्पादन भएको दुध हानिकारक बताएको हो । 

हृदयघात हुने गरेका विरामीलाई दुधमा धेरै नै चिल्लो हुनाले सेवन नगर्न विज्ञको सुझाव छ । ल्याक्टोज गाईको दुधमा बढि हुने हुनाले यसले असर गर्ने बताइएको छ ।

गाईको दुधको सट्टामा
क्याल्सियम, मिनिरल, भिटामिन मानिसको लागि आवश्यक पोषण हुन् । स–साना बालबच्चा तथा बुढाबुढी जसलाई प्रचुर मात्राको प्रोटिन आवश्यक हुन्छ उनीहरुलाई गाईको दुध सेवन गरेमा उपयुक्त हुन्छ । 

हामी दुध जस्तै सोया, बदाम, भांग, नरिवल, ओट र चामलबाट बनेका खानेकुरा सेवन गर्न सक्छौं ।  गाईको दुधमा पाइने प्रोटिन भन्दा यि खानेकुरामा कम चिल्लो पदार्थ पाइने बताइएको छ । प्राकृतिक जनवारको दुधमा चिल्लो अधिक मात्रामा हुन्छ । तर सोयाका दुधमा कम भिटामिन र पोषण पाइने हुनाले स्वस्थवर्दक हुने वैज्ञानिकहरुको तर्क छ । 

मानिस जो ल्याक्टोज पचाउन सक्दैन । विभिन्न मुटु रोगको शिकार छ । उनीहरुको स्वास्थ सबल बनाउन विउ जन्य दुधको सेवन हानिकारक नहुने तर्क वैज्ञानिकहरुको छ । 
     
मानिसको रोजाई गाईको दुध र विउ जन्य दुध दुवै हुने गरेको पाइको छ । 

मानिसको सन्तुलित आहारमा दुध प्रथम तालिकामा पर्छ । यसलाई डायटको समूहबाट हटाउन वा अरु खाद्यपदार्थको समूहबाट अलग राख्न असम्भव प्राय छ । विविसी फ्युचर