मारुती सुजुकि बलेनो कम्पनी स्वर्णिम कालमा 

२०७६ मङ्सिर १० मंगलबार १२:२२:०० मा प्रकाशित

 

नयाँ दिल्ली । मारुती सुजुकिको नेक्सा प्रिमियम ह्याचव्याक बलेनोले आफ्नो ६.५ लाख ग्राहकवर्गलाई सन्तुष्टि दिँदै ४ वर्षे वार्षिकोत्सव मनाएको छ । २०१५ को अक्टोबर महिनामा लन्च भएको कम्पनिको मुख्य चिनारी यो भारतमै बनेको भन्ने हो ।

 प्रिमियम ह्याचव्याक बलेनोले स्वदेशमा बनेका अन्य कारको दाँजोमा नेतृत्वदायी भूमिका खेल्दै आएको मानिन्छ । कारको लिक्विड फ्लो डिजाइन, राम्रो क्याविन र कटिङ्ग एज प्रविधिले कारको गुणस्तर र सुरक्षा बढाएको मानिँदै आइएको छ ।
    
ग्राहकको चाहना अनुसार बलेनो कम्पनीले २०१९ जनवरीमा अर्को जेनेरेशनको आइडल स्टार्ट स्टप कार भित्राएको हो । बलेनो कम्पनीलाई भारत कै बिएससिक्स प्रिमियम ह्याचव्याकको दर्जा दिइँदै आएको छ ।

आफ्नो कम्पनिको ४ वर्षे कार्यकालको समारोहमा बोल्दै मारुति सुजुकि इन्डियाका मार्केटिङ्ग एण्ड सेल्सका कार्यकारि निर्देश शसान्क श्रीवास्तव भन्छन्– ‘बलेनोेले आफ्नो शरुवाती दिन मै नेतृत्वदायी भूमिका खेलेको छ । यसले मारुती सुजुकी परिवार र नेक्सा प्रिमियम कम्पनीका ग्राहक वर्गलाई खुसी राख्न सफल भएको छ । वनेलो मानिसको प्रिमियम ह्याचव्याक अन्तर्गत पहिलो रोजाई बनेको छ । 

ग्राहकको आशा र इच्छामा यसमा जडान प्रविधिले नयाँ आयाम कोरेको छ । मार्केट मै यसमा रहेका विशेषता ह्याचव्याक कारमा भरपर्दो छ ।’ 

नेक्साको क्रिएट एण्ड इन्सपायर विशेषता अन्तर्गत बनेलो ६ लाख माइलस्टोन सम्म देशमा दौडिन सक्छ । ग्राहकवर्गले ३६० नेक्साका सोरुमबाट २०० भारतको शहरी स्थानमा कार रोज्न सक्छन् ।

बलेनोको लुक्स बोल्ड र लिक्वीड फ्लो डिजाइन रहेको छ । यसको विशेषतामा १७.७८ से.मि. को स्मार्टप्ले, सुचना जानकारी गर्ने प्रविधि र सिभिटी प्रसारण रहेको छ । यस किसिमको सुविधा र आनन्दले विभिन्न उमेर समूहका लक्षित ग्राहकवर्गलाई कारले मनोरञ्जन दिँदै आएको छ ।