धनी भएर पनि किन चिन्तित छ जापान ? 

२०७६ मङ्सिर ९ सोमबार १६:१५:०० मा प्रकाशित

विश्वमा सवैभन्दा ठूलो अर्थ व्यवस्था हुने मुलुक मध्ये जापान तेस्रो स्थानमा पर्छ । तर हालको अवस्थामा वृद्व–वृद्वाको संख्यामा ह्वात्तै बढोत्तरी भएको तथ्याङ्कहरुले सार्वजनिक गरेको  छ । जापानको २० प्रतिशत जनसङ्ख्यामा ६५ वर्ष माथिका बुढाबुढी छन् । विश्वको कुनै देशमा पनि यस्तो उच्च दर भेटिँदैन ।

यही अवस्था रहेमा २०३० का वर्षहरुमा प्रत्येक ३ व्यक्ति मध्ये एक ६५ वर्षको वृद्व समावेश हुनेछ  र ५ व्यक्तिको औषत गणना गर्दा एक ७५ वर्षका वृध्दवृध्दा समावेश हुन्छन् भनिएको छ । जापानमा वयोवृद्वाको संख्या थप हुनुको कारण जापानले गरेको उच्च आर्थिक वृद्विदर, परिवार र सामाजिक संरचनामा दोस्रो विश्व युद्वपछि भएको परिवर्तन लिइएको छ ।

जापानमा प्रजनन दर घटेको पाइएको छ । मानिसको जीवन शैलीमा हुने गरेको परिवर्तन यसको मुख्य कारक बताईन्छ । विवाह ढिलो गर्ने बानी, एकल पुरुष वा एकल महिला रहने परम्परा र युवा पुस्ताको आर्थिक सुरक्षा नहुँदा प्रजनन् दर घट्ने गरेको गुनासो सुन्न पाइन्छ । तर पनि यावत समस्याकाबीच जापानको औषत आयु पचास वर्ष पहिले ७२ वर्षबाट ८४ वर्ष पुगेको छ ।

जापानको वृद्व जनसंख्यामा दुई मौलिक पक्ष लुकेको छ । एक, बुढाबुढीको संख्या कुल जनसंख्यामा ह्वात्तै बढेको पाइएको छ । अर्को कुल जनसंख्या बृद्वी दर नै थोरै छ किनकि प्रजनन दर त्यसै घटेको छ । वयोवृध्दको चापमात्र बढि हुनाले जापानमा आर्थिक पक्ष एक हिसाबले सबल, सुरक्षित र नाफामूलक देखिएको छ । अर्को उत्पादनका साधनमा पहुँच नगन्य हुँदै गएको छ । त्यसैले काम गर्ने श्रमिकको संख्या कम हुँदै जाँदा आर्थिक वृध्दिमा प्रत्यक्ष असर परेको देखिन्छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै सार्वजनिक गरेको एक रिपोर्ट मा भनेको छ– ‘जापानमा वृध्दबृध्दाको संख्या बढ्दै जाँदा उत्पादनमा पहुँच राख्ने श्रमिक वर्गको संख्या दिनानुदिन घट्दै गएको पाइएको छ ।’ बुढापाकाको कारण नै तीन दशकमा कुल ग्राहस्थ उत्पादन १ प्रतिशतले घटेको तथ्याङ्क पनि आइएमएफले सार्वजनिक गरेको छ ।

यिनै यावत कारणबाट जापानको म्याक्रो अर्थव्यवस्था अन्तर्गत श्रमिक र पूँजीको संचयमा केही असर रहेको आँकलन गरिएको छ । वास्तवमा मुलुकमै वृध्दबृध्दाको संख्या बढि हुनुले श्रम बजारमा श्रमिकको संख्या कम महशुस गर्न सकिन्छ । मानिसहरु धेरै मात्रामा रिटायर हुने परम्परा पनि रहि आएकै छ । प्रजजन दर बढाउने युवा शक्ति पनि जापानमा कम हुँदै गरेको तथ्याङ्कहरुबाट देखिन्छ ।

जापानमा सवारी अनि इलेक्ट्रोनिक निर्माण गर्ने कम्पनी धेरै छन् । यदि जापानमा यस्ता कार्यालयमा काम गर्ने जनशक्तिको अभाव देखिएमा औषत आर्थिक उत्पादन घट्ने पूर्वानुमान लाउन सकिन्छ । वृध्दाहरुको संख्याको क्रमश वृध्दिले मानिसको ज्यालादारी स्वभावलाई आर्थिक पहँुच भन्दा बढि नरम बनाइदिएको छ । यसले सामान्यतया काममा संलग्न श्रमिक समूहको अवसर र नैतिकतामाथि नै प्रश्न उठाएको छ ।
 
काम गर्ने मानिसको कमीका कारण महिला श्रमिकको माग बढ्न थालेको छ । प्रधानमन्त्री सिन्जो आवेले पनि महिला श्रमिकको आवाज र नेतृत्वलाई प्रोत्साहन गरेका छन् । जापानको कन्जर्भेटिभ पार्टीले कामदारहरु भर्खरको हुनुपर्ने र योग्य हुनुपर्नेमा जोड दिएको छ । विदेशी कामदारको माग राज्यले नै नियन्त्रण राख्नेछ  भनिएको छ । अप्रिल महिनामा विदेशी कामदारहरुमाथि केही अध्यागमन सम्बन्धी कानुन पारित भएको हो । तर पनि काममा उचित असर देखिएको भने छैन । भविष्यमा जापानमा पाका उमेरका मानिस हेरचाह गर्ने श्रमिकको संख्या बढ्ने बुझिएको छ ।
  
सन् २००० मा एक प्रतिवेदन तयार पार्दै संयुक्त राष्ट्रसंघले जापानको जनसङ्ख्याको बारेमा रोजगारबाट रिटायर दिने उमेर ७७ वर्ष पु¥याउनुपर्ने युक्तिसंगत तर्क राखेको थियो । जापानमा रिटायरमेन्ट दिनेको संख्या नगन्य रहेको छ,  जसले युवा पिँढीको मेहेनती बन्ने सपना केवल तिर्सनामा मात्र सीमित भएको छ । 

कामका बावजुत बूढा मानिसलाई हेरचाह गर्ने व्यक्तिको आवश्यकता महशुस हुन्छ । उनीहरुलाई बेलाबेला औषधिउपचार गरिरहुनुपर्ने तथा अस्पतालमा आकस्मिक सेवा लिनु पनि पर्छ । यसलाई बुढेसकालको खर्च मानिँदै आएको बताइएको छ ।

प्रधानमन्त्री आबेको प्रशासनले प्रजनन स्वास्थ, बालबच्चा हुर्काउने, बालबालिका पढाउने आदि कार्यमा योगदान पु¥याउने बाचा गरेको छ । भनिन्छ, २०१७ मा १.४३ मा झरेको दर २०२५ सम्म प्रजनन दर १.८ ले बढाउने लक्ष्य लिइएको छ ।

सरकारले संरचनागत र श्रमिक सुधारको माग गरेकै हो । राष्ट्रको उत्पादकत्व बढाउन श्रमिक वर्गलाई नकार्न नसकिने र श्रम शक्ति जुनै हालत पनि बढाउनु पर्ने तर्क गरिएको छ । बृध्दबृध्दाले पनि आफ्नो हौसला बेस्सरी बढाउने र देशको श्रम शक्ति बढाउनु पर्ने तर्क राखेका छन् ।

शारीरिक र मानसिक स्वास्थ्य बिना शरीरले लामो समय काम गर्न सक्छ । बूढा मानिसलाई पनि उत्पादकत्व र श्रम बजारमा प्रश्रय दिइनुपर्छ । यसका अतिरिक्त उनीहरुको स्वास्थ उपचारको लागि धन राशि खर्चिन दिइनुपर्छ । श्रम प्रतिको आकर्षण र त्यसको उत्पादन चाख्न उनीहरुलाई समेत सामेल गराइनुपर्नेछ ।यस्तो स्वस्थ जनसङ्ख्याले मानिसमा उच्च बचत दर बढाउने, औषधि उपचारको खर्च न्यूनिकरण हुने र विदेशमा हुने गरेका लगानीमा वृद्वि हुने तर्क गरिएको छ । जापान सरकारले आफ्नो राष्ट्रलाई युवा र तन्नेरीहरुको संयुक्त सँगालो,“एज फ्रि देश बनाउने” बताएको छ । ६५ वर्ष उमेर पुगेका वृध्दबृध्दाका हकमा स्वस्थ रहेर काममा ध्यान पु¥याउन सघाएको देखिन्छ ।

सन् २०१९ जुनको विश्व जनसंख्याका सम्भावनाहरु संशोधन प्रतिवेदनले २०५० मा ६५ वर्षका बयोबृध्दको संख्या २८ प्रतिशत देखि ३८ प्रतिशत हुन सक्ने अनुमान गरेको छ । यद्यपि जापानी अर्थतन्त्रले जनसङ्ख्यामा आएको यो व्यापक उतारचढावले आफ्नो वचत र लगानी कोषमा प्राविधिक श्रमिकमा परिवर्तन गर्ने र बुढेसकालका मानिसमा काम गर्ने समय बढाउने बताइएको छ । (जापान टाईम्स डटकममा प्रकाशित सामग्रीको अनौपचारिक अनुवाद)