‘गुट र लेनदेनकै आधारमा मन्त्री बनाइयो’

२०७६ मङ्सिर ५ बिहीबार ०९:४९:०० मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद प्रभु साहले मन्त्रिपरिषद पुनगर्ठनमा असन्तुष्ट व्यक्त गरेका छन् । बिहिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले गुटगत र लेनदेनकै आधारमा मन्त्रिपरिषद पुनगर्ठन गरेको आरोप लगाएका छन् । ‘कार्यसम्पादन को आधारमा मन्त्रिपरिषद पुनगर्ठन गर्ने भनिए पनि अन्तत गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो’ उनले लेखेका छन् ।

कम्युनिष्ट मुल्य मान्यता पनि लागू नगरिएको उनको अर्को आरोप छ । उनले लेखेका छन् ‘मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन । योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरि एक चोटी लज्जित भएका छौं ।’