सडक दुर्घटनामा एकै परिवारका पाँच व्यक्तिको मृत्यु

२०७६ मङ्सिर १ आइतबार १७:३५:०० मा प्रकाशित

बर्वानी । भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको एक सडक दुर्घटनामा परी एकै परिवारका पाँच व्यक्तिको मृत्यु भएको छ । 

एक कार अर्को सवारी साधनसँग ठोक्किँदा भएको यस दुर्घटनामा अन्य एक व्यक्ति घाइते भएको जनाइएको छ । एक बिवाह समारोहमा सहभागी हुनको लागि गईरहेको सो कार दुर्घटना हुदाँ एकै परिवारका पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । 

यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन् । रासस