मष्तिष्क तेजिलो बनाउने यी हुन् उपाय

२०७६ कार्तिक २३ शनिबार १३:४७:०० मा प्रकाशित

मानिस सधैं खुशी र सुखी रहन चाहन्छ । उसमा सधैं सकारात्मक सोचको बिकास हुनु पर्छ । सुखी रहनका लागि मानिसको मष्तिष्क सन्तुलित हुनुपर्छ । हालै सार्वजनिक प्रोसिडिङ्ग अफ द नेसनल एकाडेमी अफ साइन्समा प्रकाशित एक अध्ययनमा मानिसको मष्तिष्क तेज पार्न के गर्ने भन्ने बारेमा महत्वपूर्ण चर्चा गरिएको छ ।

के मष्तिष्कको प्रशिक्षण पनि व्यायाम हो ?

मानिसमा हुने तनाव कसरी हटाउने ? त्यसको लागि मष्तिष्क व्यायाम जरुरी छ । धेरै अनुभवी विज्ञहरु कम्प्युटरमा हुने प्रोग्रामले मानिसको ध्यान, सम्झना र बुद्वि बढाउने तर्क   गर्छन् । यस्ता किसिमका कार्यक्रमले गर्दा मानिसको मष्तिष्कले विशेष कौशल देखाउने गर्छ । नयाँ कार्यक्रमका प्रयोगले भविष्यमा मष्तिष्कले नयाँ रुपका साथ कार्य गर्ने उनीहरुको     दावी छ ।

क्यालिफोर्निया, सानफ्रान्सिसको न्यूरो साइन्स इमेजिङ्ग सेन्टरका प्रध्यापक डा. सेडम ग्याज भन्छन्– ‘यो वैज्ञानिकहरुको अध्ययनको केन्द्रीय बिषय हो । मानिसको मष्तिष्कको सार्थक र धेरै समयको परिवर्तन आवश्यक छ । त्यसको लागि गहन रुपमा व्यायाम हुन जरुरी   देखिन्छ । खोजका आधारमा हामी थियुरोप्याटिक खेल खेल्न सक्छौं ।’

साइकोलोजिकल साइन्स इन पब्लिक इन्ट्रेस्ट जर्नलमा मानिसका मष्तिष्कका तनावको बारेमा अध्ययन गरिएको छ । अध्ययनमा मष्तिष्क प्रशिक्षण कस्तो हुन्छ, राम्ररी महशुस कसरी गर्ने र यसका कमि कमजोरी के हुन् भनी औंल्याइएको छ ।

इलिनोइस साइकोलोजिमा अध्यापन गराउने अभियानकर्ता वा जर्नलका अर्का लेखक डानियल सिमन्सको बिचारमा– ‘मानिस आफ्नो पेशा अनुसार जसरी दैनिक जीवन जिउँदै आएको हुन्छ, उसैगरी आफ्नो मष्तिष्कको प्रशिक्षण आवश्यक हुन्छ । दिमागी प्रशिक्षण दिने कम्पनीका लेखहरु पनि अध्ययनमा समावेश छन् । अध्ययनमा राखिएको बिषयले मानिसलाई औषधि सरहको उपचार गर्छन् । अध्ययन १३२ खोजबाट तयार गरिएको हो ।’

के दिमागी उपचार औषधिजन्य छ त !

जर्ज म्यासन विश्वविद्यालयले प्रोसिडिङ्ग अफ द नेसनल एकाडमी अफ साइन्समा प्रकाशित गरेको अर्को अध्ययनमा मानिसको मष्तिष्क कसरी तेज पार्ने भन्ने कुरा लेखिएको छ । मानिसको मष्तिष्क व्यायाम र कामको बृद्विको बारेमा जर्नलमा वर्णन गरिएको हो । विद्यार्थीहरुको लागि जर्नल लाभदायक छ । मानिसको मष्तिष्क कसरी तेज पार्ने, सम्झना कसरी तिखो बनाउने भन्ने बिषयका लेख लेखिएको छ । खोजकर्ताहरुले २५ विद्यार्थीलाई मष्तिष्क प्रशिक्षणबारे प्रश्न सोधेका थिए । जसमा विद्यार्थीको १० अङ्क टेष्ट स्कोर बढेको पाइयो ।
अमेरिकी रिसर्च ल्याबका साइरस फोरोगी भन्छन्– ‘म छक्क परेको छुइन । विभिन्न कार्यक्षेत्रमा विद्यार्थीमा प्रकृयात्मक दोष हुने गरेको पाइएको छ ।’
 

पोजिट साइन्सका प्रमुख न्यूरोसाइन्टिस्ट हेनरी म्यानसिके भन्छन्– ‘कम्प्युटरका प्रशिक्षण र सेवा दिने कम्पनिले औषधिको काम त गर्छन् नै तर कहिलेकाहिँ अलग नतिजा    आइदिन्छ ।’ उनी भन्छन्– ‘मष्तिष्क प्रशिक्षणका उपाय र अध्ययन अनेक त हुने गर्छन् नै । कुन समूहको मानिसमा यस बिषयको रुचि छ, उनीहरुले के आशा गरेका हुन्छन् ? उनीहरुलाई केही न केही फाइदा अवश्य हुन्छ । दिमागी प्रशिक्षण औषधिजन्य नै सावित हुनेछ । तर नयाँ अध्ययनले यस किसिमको प्रशिक्षणलाई अर्थहीन भनेका छन् ।’
उनका अनुसार, सुरुको अध्ययन गर्ने र उच्च गुणस्तरको सेवा लिने प्रशिक्षार्थीको संख्या २ हजार ८३२ रहेको छ । मनोवैज्ञानिकहरुले सय वर्ष पुरानो सिद्वान्तका आधारमा पनि मष्तिष्कको उपचार गर्ने बताउँछन् तर यो निराधार छ ।

त्यसो भए के यो ऐतिहासिक परिवर्तन हो ?

मानिसको सम्झना शक्ति बढ्नुपर्छ । उसमा रहेको विवेक संज्ञानात्मक हुनुपर्छ । सिमन्स भन्छन्– ‘विभिन्न कम्पनिका निर्देशिका अनुसार नतिजा फरक फरक रहेको छ ।  मानिसमा रहेको कामको गतिशिलता कम्तिमा बोझ हटाएर सरल हुनुपर्छ । काम सामान्य हुनुपर्छ । वैज्ञानिकले हामीलाई हाम्रो सम्झना तेज बनाउन सिकाएका छन् । के अब हामी छिटो काम गर्न सक्छौं त ?’

उनको तर्क छ, मनोविज्ञानमा न्यूरोसाइन्सले परिवर्तन ल्याएको नै हो । मानिसको दिमागले नयाँ कुरा अनुभव गर्न पाउनु पर्छ । यसको लागि मष्तिष्क प्रशिक्षण हुनु नै पर्नेछ ।
दिमागको प्रशिक्षण हुने एक “ड्राइभ सार्प प्रोग्रामले” ड्राइभरको सवारी चलाउँदा खेरी वरिपरिको दिमागी सन्तुलनमा बिकास भएको र साधन चलाउन पनि उ पोख्त भएको पोजिट साइन्स जर्नलमा उल्लेख छ ।

सो कार्यक्रममा दृष्टि ध्यान प्रशिक्षण र अनेक वस्तु प्रतिको ध्यान सम्बन्धी ज्ञान सिकाइएको थियो, जसले ४८ प्रतिशत दुर्घटना घटाएको भनिएको छ ।
म्यानसिके भन्छन्– ‘सवारी गर्ने मानिस को न होला र ! दुर्घटना ध्वनीको कारणबाट बढि हुने गर्छ । साधारण मानिसहरु सवारी चलाउन नजानेर दुर्घटना भएको मान्छन् ।’

मष्तिस्क खेल वा मष्तिस्क प्रशिक्षण ?

म्यानसिकेका अनुसार, खेल वा प्रशिक्षणमा आकाश पतालको फरक छ । उनी भन्छन्– ‘मष्तिष्क प्रशिक्षणले मानिसको सोचाइ र काममा परिवर्तन ल्याउँछ । यो एउटा व्यायाम हो, जसले मष्तिष्कको सूचनामा सार्थक परिवर्तन ल्याउँछ ।’

फेडेरल ट्रेड कमिशनले मष्तिष्क सम्बन्धी खेल कार्यक्रमलाई वैज्ञानिक रुपमा निराधार मान्छ । उनी थप्छन्– ‘यो निराधार नहोला तर मष्तिष्कको क्रियालाई परिभाषित गर्न हामी हाम्रो सम्झनालाई नियाल्छौं । हामी कतिको स्मरण गर्नसक्छौं ।’

व्रेन गेमीङ्ग कम्पनी लुमोसिटीले २० लाख डलर अमेरिकी फेडेरल ट्रेड कमिशनलाई तिर्दै आएको छ । यसका उपभोक्ताले दैनिक जीवन र संज्ञानात्मक सोचलाई गतिशिल बनाइरहेको बताएका छन् । ४० भन्दा बढि विश्वविद्यालयमा मोबाइल गेम र वेभ गेमहरु मष्तिष्क प्रशिक्षणको लागि निर्माण गरिँदै आएका छन् । लुमोसिटी, लर्निङ्ग एल एक्स र ह्युमेन कगिनसन प्रोजेक्ट यस्ता कम्पनिमा पर्छन् । यस्ता प्रोग्राम संज्ञानात्मक हुने गरेका छन् । तर आलोचकहरुले प्रोग्रामलाई मिथकको रुपमा लिएका छन् ।

अहिले सम्मको मष्तिष्क विज्ञान

२०१४ मा विश्वभरका विभिन्न विश्वविद्यालयका ७५ वैज्ञानिक र विज्ञ मिलेर एक तथ्य सार्वजनिक गरे । उनीहरुले मष्तिष्कका खेलले बूढा उमेरका मानिसमा मानसिक सक्षमता ल्याउँछ भने । स्ट्यानफोर्ड सेन्टर अन लंगिभिटी र साइकोलोजीका प्रध्यापक लाउरा कार्सटेन्सनले एक विज्ञप्ति मार्फत यो सरासर प्रचारबाजी भएको आरोप लगाईन् । उनले भनिन्– ‘यसमा तथ्य, सत्य छैन । वैज्ञानिक आधारमा यो गलत र भ्रमात्मक छ ।’

एकाध महिनामा १३३ वैज्ञानिकले मष्तिष्क खेलले मानिसलाई फाइदा हुने प्रतिवेदन सार्वजनिक गरे । म्यानसिके भन्छन्– ‘यो साइन्स इन पब्लिक इन्ट्रेस्ट जर्नलमा प्रकाशित कार्यपत्र वस्तुगत ज्ञानमा ऐतिहासिक परिवर्तन हो ।’

डा.सेडम ग्याज भन्छन्– ‘हाम्रो रिसर्चको मेथडमा फरक देखियो तथापि हामी यसमा प्राविधिक रुपमा बलियो भने अवश्य छौं । हाम्रो तथ्य वैज्ञानिक छ । अमेरिकी खाद्य तथा औषधि विभाग (एफ.डि.ए) ले मष्तिस्क गेम वास्तविक र मात्रा बढाएर परीक्षण गरेको छ । यो अध्ययन निरपेक्ष र स्वच्छ  छ ।’

मानिसले कसरी मष्तिस्कको स्मरण शक्ति बढाउने ? 

यसको लागि मष्तिष्कको प्रशिक्षण अनिवार्य छ । स्वस्थ मष्तिष्कको बिकास तार्किक छ । अमेरिकी रिसर्च ल्याबका साइरस फोरोगी भन्छन्– ‘मानिस शारीरिक र मानसिक रुपमा स्वस्थ रहनु पर्छ । उ पढाई र आइक्यु, पजलमा पोख्त हुनसक्नु पर्छ ।’

कार्सटेन्सन भन्छन्– ‘मानिसको खानपान, व्यायामले पनि उसको मष्तिष्क तेज पार्छ । मानिसको मुटु व्यायामको कारण स्वस्थ रहन्छ । डायट मानिसको लागि नभै नहुने वस्तु हो । मानिस जिउँदा समाजप्रति कत्तिको सकारात्मक हुन्छ ? उसको समाज प्रतिको सहयोग कत्तिको हुन्छ ? समाजमा उसको हाउभाउ, चालचलन र संकेत कत्तिको प्रभावकारी हुन्छ ? त्यती कै उ धनी बन्छ । मानिसको मष्तिष्क स्वस्थ राख्ने उपाय यिनै हुन् ।’ (विभिन्न सन्दर्भ सामग्रीको सहयोगमा)