करेन्ट लागेर एक जनाको मृत्यु

२०७६ कार्तिक २३ शनिबार ११:२७:०० मा प्रकाशित

पर्सा । पर्सामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । पोखरिया नगरपालिका १० की ५८ वर्षीया लालमतिदेवीको मृत्यु भएको हो ।

शुक्रबार साँझ आँगन बढार्ने क्रममा चुडिएको तारबाट करेन्ट लागेर उनी घाइते भएकी थिइन् । उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको खबर आफन्तले प्रहरीलाई गराएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।