क्षमताभन्दा दोब्बर यात्रु बोक्नाले हुन्छ दुर्घटना, दोषी को ?

२०७६ कार्तिक २३ शनिबार १०:५७:०० मा प्रकाशित

काठमाडौं । चाडपर्वको बेलामा सवारी दुर्घटना हुनु सामान्य जस्तै बनेको छ । पछिल्लो एक महिनाको दशैँ र तिहारको अन्तरालमा सिन्धुपाल्चोकमा तीन ठूला दुर्घटना भए । ती दुर्घटनामा परेर ३४ जनाले अकालमा ज्यान गुमाउन बाध्य भए । 

देशभरको तथ्यांक केलाउँदा आइतबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका  ९ सुकुटेस्थित सुनकोसी नदिमा भएको बस दुर्घटना ठूलो देखिन्छ । सिन्धुपाल्चोकमै दशैँ लगत्तै १२ जनाको ज्यान जानेगरी इन्द्रावती गाउँपालिका १०भोटसिपामा बस दुर्घटना भएको थियो । त्यस लगत्तै सिन्धुपाल्चोक मेलम्चीबाट काठमाडौँ आउँदै गरेको बस काठमाडौँकोे शंकरापुर नगरपालिका४ लप्सीफेदीमा दुर्घटना भयो ।

आइतबार दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको शैलुङ्गेस्वरी यातायातको बा२ख ७२४५ को सुनकोशीनदिमा खस्यो ।अत्यधिक तिव्र गति र क्षमताभन्दा धेरै यात्रु बोकेकै कारणले बस दुर्घटना भएको प्रहरीले अनुमान लगायो । विपरित दिशाबाट आउँदै गरेकोमोटसाइकललाई साइट दिनखोज्दा तिव्र गतिको कारणले बस नदिमा खसेको बताइएको छ । 

यद्यपी, दुर्घटनाको कारण अझै स्पष्ट रुपमा खुलेको छैन । प्रहरीले दुर्घटनाकोे कारण अझै खुल्न नसकेको बताउँदै आएको छ । 

‘हामीले अनुमाल लगाएअनुसार बस तिव्र गतिकै कारणले अनियन्त्रि भई नदिमा खसेको बुझेका छौँ’ जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले भने, ‘घाइते यात्रुसँग बुझ्दा बस नदिमा खस्नुपहिले केहि पड्कीएको आवाज आएको थियो ।’

दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । दुर्घटनामा मृत्यु भएकाहरुको शव मंगलबार आफन्तलाई बुझाइएको छ । सवारी सञ्चालक समिति र सरकारी सुरक्षा र जिम्मेवार निकायले बेवास्ता गरेको भन्दै स्थानीय आन्दोलित भएका थिए । दुर्घटनाका मृतक र घाईते परिवारले सोमबार दिउँसो केहि समय अरनिको राजमार्ग अवरुद्ध समेत गरेका थिए ।

चालक र सञ्चालक समितिकै लापर्वाहिकै कारणले दुर्घटना भएको भन्दै उनीहरु आन्दोलित भएका थिए । बिग्रीएको बस बेवास्ता गरेर चलाएको कारणले दुर्घटना भएको उनीहरुकोे भनाई  छ । दुर्घटना भएको रुटमा दोलखा, रामेछापलगाएतका बाहिरी जिल्लाका सवारीसाधनले लोकल प्यासेन्जर नबोक्ने भएको हुनाले अत्यधिक तिव्र गतिमा सवारी कुद्ने गरेका थिए । सो प्रवृत्ति रोक्नमा ट्राफिक प्रहरी पनिचुकेकै कारणले ठूलो दुर्घटना भएको देखिन्छ ।

दुर्घटनामा घाईते भएकाहरुकोे काभ्रेको धुलिखेल, बनेपालगायत विभिन्न अस्पतालमा उपचार भैरहेको छ । करिब ५० जना यात्रु दुर्घटनामा घाइते भएको थिए । 

गत बिहीबार पनि सिन्धुपाल्चोकबाट काठमाडौं आइरहेको आमाह्योल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटना भयो । मेलम्चीबाटछुटेको बस शंकरापुर नगरपालिका ४ लप्सीफेदीमा पल्टिएका थियो । सो दुर्घटनामा तीनजनाले ज्यानगुमाएभने सो दुर्घटनमा पनि ५० भन्दा धेरै यात्रु घाइते भएक थिए । 

लप्सीफेदीको घुम्तीमा बस मोड्ने क्रममा ब्रेकले काम नगरेपछि दुर्घटना भएको प्रहरी प्रभाग साँखुकाप्रमुखप्रहरी निरीक्षकगोविन्दपन्थीले बताए । अचानक ब्रेकले कामनगरेपछि बस अनियन्त्रित भई सडकमै पल्टिएको थियो । यो दुर्घटना पनि अध्यधिक भार र कच्ची बाटोमातिव्र गतिकै कारणले दुर्घटना भएको देखिएको पन्थीको भनाई छ ।

यस्तैगरि दशैँ मनाएर संघीय राजधानी फर्कँदै गरेकोबस सिन्धुपाल्चोक  इन्द्रावती गाउँपालिक १० भोटसिपामा दुर्घटना भएको थियो । दुर्घटनामा  १२ जनाको ज्यान गयो । सिन्धुपाल्चोकबाट काठमाडौँकालागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएका थियो । सो बस दुर्घटनाको प्रमुख कारण पनि क्षमताभन्दा धेरै यात्रु बोक्नु नै रहेको डिएसपी काफ्लेले बताए । 

भोटसीपा दुर्घटनामा १०० भन्दा धेरै घाइते भएका थिए । एउटा बसमा एक सय १५ जनाभन्दा धेरै यात्रु बोकेर ग्रामीण सडकमा गुडेकै कारणले भार थाम्न नसकेर दुर्घटना भएको थियो । अत्यधिकयात्रुको चापको कारण भार थाम्ननसकेपछि ब्रेक फेल भएर बस पल्टिएको थियो । ओभरलोडकै कारण टायर पन्चर भएपछि ब्रेकफेल भएपछि दुर्घटना भएको पाइन्छ ।

यसकारण हुन्छ अधिकांश दुर्घटना
चावपर्वको बेलामा मात्रै नभएर अधिकांश ग्रामिण सडकमा थोरै संख्यामा सवारी जान्छन् ।यात्रुलाई गन्तव्यसम्म जसरी पनि पुग्नुपर्ने बाध्यता हुन्छ। फलस्वरुपः ग्रामीण सडकमा गुड्ने अधिकांश बसमा क्षमता भन्दा धेरै यात्रु बोक्न बाध्य हुन्छन् बस । 

र, अर्को कारण ग्रामीण सडकमा गुड्ने सवारीसधानकाचालकले क्षमताभन्दा धेरै यात्रु राखेर तिव्र गतिमा कुदाउँछन् । सिन्धुपाल्चोकमा मात्रै नभएर मुलुकभरका सार्वजनीक यातायातको सवारी साधनहरु पुराना हुन्छन् । पुरानो इन्जिन भएको थोत्रो सवारीले क्षमताभन्दा धेरै यात्रु बोक्दा इन्जिनले काम नगरेर ब्रेक फेल हुने सम्भावना धेरै हुन्छ । त्यसैले धेरै दुर्घटना निम्त्याउने गरेको देखिन्छ ।

पछिल्लो समयका सवारी दुर्घटनाको संख्या बृद्धि भएको छ । सिन्धुपाल्चोकमा एक महिनामै तीन ठूला दुर्घटना भए । तर देशका अन्य क्षेत्रमा पनि सवारी दुर्घटना नभएको भने होइन । सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना भएको दिन म्याग्दीमा पनि यात्रुबाहक बस दुर्घटना भएको थियो । सो दुर्घटनामा पनि ४ जनाले अकालमा ज्यान गुमाएका थिए । 

यातायात सञ्चालक समितिले पुरानो सवारीलाई सञ्चालनको अनुमति दिएकै कारणले सवारी दुुर्घटना भएको जानकारहरु बताउँछन् ।समितिको बेवास्ता, कच्ची सडक, सडक निर्माण कम्पनी र सरकारी निकायको मनलाग्दी, चालक र सहचालकको लापर्वाहिलगायतको कारणले दुर्घटना भएको देखिन्छ ।