मैत्रीपूर्ण खेल खेल्ने खेलाडि भारत प्रस्थान 

२०७६ कार्तिक २२ शुक्रबार १७:३३:०० मा प्रकाशित

काठमाडौँ । भारतको राष्ट्रिय भलिबल टिमसँगको मैत्रीपूर्ण खेल खेल्न जाने राष्ट्रिय पुरुष भलिबल टिमको विदाई गरिएको छ ।

नेपाल भलिबल संघले शुक्रबार भारत जाने नेपाली टिमको विदाई गरेको हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना, संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिब जितेन्द्र बहादुर चन्द लगायतले नेपाली टिमको विदाई गरे ।

नेपाली टिम शनिबार भारत प्रस्थान गर्ने छ । नेपाली टिमले भारतको राष्ट्रिय टिमसँग ३ मैत्रीपूर्ण खेल खेल्ने छ ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी स्वरूप नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।