आलमको थुनछेक बहस सकिएन, आइतबार हुने

२०७६ कार्तिक २२ शुक्रबार १६:२०:०० मा प्रकाशित

काठमाडौँ । हत्या आरोपमा पक्राउ परेका मो अफ्ताव आलमको थुनछेक बहस शुक्रबार पनि सकिएन । बिहिबार दिउँसोबाट शुरु भएको आलमको बयान शुक्रबार पनि नसकिएको हो । 

आलमको थुनछेक बहस अब आइतबार हुने भएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा नौजना कानुन व्यवसायीले बहस गरेका छन् ।पर्सा जिल्लाका न्यायाधीवक्ता रुद्रप्रसाद पन्थी, रौतहटका साहयक न्यायाधीवक्ता रुद्रप्रसाद पन्थीले बहस गरेका छन् ।  

र, यो पनि : आलम प्रकरण नयाँ ट्वीस्ट : वैदेशिक रोजगारीबाट अख्तर नफर्किएको पत्नी जिकिर

वादीको तर्फ बाट कानुन व्यवसायी डा.युवराज संग्रौला, कुमार शर्मा आचार्य, गोविन्द शर्मा, ओम प्रकाश अर्याल, दिनेश त्रिपाठी, आशिष राम कार्की, मनिष कुमार श्रेष्ठ, पुष्पराज पौडेलले बहस गरेको स्रस्तेदार गुणराज पराजुलीले जानकारी दिए । 

२०६४ साल चैत्र २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विष्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा जलाएको आरोपमा गत असोज २६ गते नेता आलम पक्राउ परेका थिए ।