अठार लाख नगद सहित हुण्डी कारोबारी पक्राउ

२०७६ कार्तिक २२ शुक्रबार १५:५४:०० मा प्रकाशित

 बीरगंज । अवैध हुण्डी कारोबारमा संलग्न भारतीय नागरिकलाई लाखौं नगद र मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको छ ।


तीन भारतीय नागरिकले अवैध हुण्डी कारोबार गरिरहेको सूचना पाएपछि पर्सा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बीरगंज उपमहानगरपालिका वडा नं.१६ रजतजयन्ती चौकस्थित सडक खण्डमा उनीहरुलाई पक्राउ गरेको थाहा भएको छ । ती अवैध कारोबारीबाट अठार लाख नगद बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

 भारत बिहार सुगौली बजार बस्ने बर्ष २२ को बिक्की कुमार, भारत रक्सौल नागा रोड बस्ने बर्ष २६ को सुधिर कुमार भारत रक्सौल नागा रोड बस्ने बर्ष ३० को सहिद आलमको साथबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ अठार लाख सहित उनीहरुले प्रयोग गरेको ३ वटा मोटर साईकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको  प्रहरीले जनाएको  छ ।