फुटबल स्टार रोनाल्डोको पुरानो घरको मूल्य सड्चालिस करोड पच्पन्न लाख

२०७६ कार्तिक २० बुधबार १६:०४:०० मा प्रकाशित


एक दशक अघि म्यान्चेस्टर युनाइटेड छोडेपछि विश्व विख्यात खेलाडी रोनाल्डोले पुरानो हुँदै गएको आफ्नो निवास सड्चालिस करोड पच्पन्न लाख बहत्तर हजार पाँचसयमा बिक्री गरेका हुन् । बिक्री भएको उनको निवास फुटबल खेल्ने मैदानबाट पन्ध्र माइल पर ओल्ड ट्याफर्डमा अवस्थित छ ।

फुटबल स्टार रोनाल्डो अहिले इटालिन क्लब जुभेन्टस्बाट खेल्ने गर्छन् । भनिएको छ ईंटाले बनाइएको उनको आवास तीन तल्ले छ र यसमा पाँच वेडरुम छन् । 

पोर्चुगली फुटबल खेलाडी रोनाल्डोले ६ लाख पाउण्ड स्टरलिङ्ग घाटा खाएर आफ्नो घर बिक्री गरेका हुन् । २००७ को जग्गा कार्यालयमा यसको दस्तावेजका अनुसार ३३ वर्षका रोनाल्डोले पहिला करिब अठ्तीस लाख पाउण्ड स्टरलिङ्गमा निवास खरीद गरेको बताइएको छ ।

घरलाई हेर्दा उनका पुराना फर्निचरका सामान युरोपको गोथिक शैलीमा सजाइएका छन् । लडाकु स्पार्टाका बुट्टा देखिने आवास एकदम कालो रंगको छ । भित्तामा गाईका छालाका जस्ता देखिने कालो बुट्टा, कोइलाका रंगका सोफा र एकदम कालो रंगका पर्दाहरुले उनको घर सजिएको छ । घर पुरातन शैलीको छ । घरका झ्याल र पर्खालमा काठ  र ढुङ्गाका टायल विछ्याइएका छन् ।

उनको निवासमा स्वीमिङ्ग पुल, उनको जुभेन्टस् क्लबका कालो रंगको लाहका भान्सा घर, सिनेमा रुम, जिम आदि विलाशिताका सामग्री पाइन्छन् । घरमा तीन सुत्ने कोठा छन्, दुइ ठूला बाथरुम र दराजको कक्ष छ ।

उनले आफ्नो निवास बेच्न विज्ञापन दिएका थिए । सन् २०१३ मा उनको घरको मूल्याङ्कन ३७ लाख पचास हजार मिलियन पाउण्ड स्टरलिङ्ग थियो ।  रोनाल्डोले २००९ मा म्यान्चेष्टर क्लब छोडेका हुन् । यो क्लब छोड्नुको कारण उनले बताएका खुलाएका छैनन् । (एजेन्सीको सहयोगमा)