चिन्ताले ज्यान पनि लिनसक्छ, यसबाट बच्न यी हुन् सरल उपाय 

२०७६ कार्तिक २० बुधबार १५:४५:०० मा प्रकाशित

काठमाडौं । मानिसहरु बिनाकारण पनि चिन्ताको सागरमा डुबिरहेका हुन्छन् । शरीरलाई गलाउने सबैभन्दा कडा आदत हो भनी जान्दाजान्दै पनि प्राय मानिसमा चिन्तामा डुब्ने बानी देखिन्छ । चिन्ता होईन बरु राम्रा बिचारको चिन्तन पो गर्नुपर्छ भन्ने बारेमा मानिसहरु उदासिन देखिन्छन् ।

त्यसैले अनावश्यक चिन्तामा टाँसिईरहने बानीले धेरैजसो मानिसले आफ्नो जीवनलाई खल्लो र निरश बनाईरहेका हुन्छन् । त्यस्ता मानिस विभिन्न कारणले चिन्तामै रहन्छन् । कहिले स–साना कुराले पनि चिन्ता रहन्छन् भने कहिले ठूलो कुराले पनि चिन्तामा पर्नु स्वभाविक हो । हुन त चिन्ता र डर मानिसको भावनासँग जोडिएको सामान्य प्रक्रिया हो । तर यसलाई पनि सरल तरिकाले पन्छाउन सकिन्छ भन्नेतिर भने त्यति ध्यान दिएको पाईंदैन ।

जागिर छुट्दा, परिवारको खराब स्वास्थ्य अवस्था र अन्य कारणले मानिस चिन्तामा पर्ने गर्छ । तर, यस्ता कुरालाई नकारात्मक रूपमा लिनुहुँदैन । चिन्ताको विषयलाई आफूमा हावी हुन पनि दिनुहुँदैन । नत्र यसले गम्भीर समस्या निम्त्याउन सक्छ । तर,चिन्तालाई नियन्त्रण गर्न अर्थात छुटकारा पाउन निम्न लिखित ४ वटा उपाय  अपनाउनुपर्छः–

चिन्तालाई नियन्त्रणमा राख्न विचार, भावना र व्यवहारजस्ता शृंखलाबद्ध हुने तीन लक्षणबारे सचेत हुनुपर्छ । यस्ता लक्षणबाट छुटकारा पाउन ती विषयमा धेरै ध्यान दिनुहुँदैन ।

शारीरिक लक्षणबाट बाहिर निस्कनका लागि विभिन्न रिल्याक्सेसनका व्यायाम गर्न सकिन्छ ।

युट्युबमा प्रोग्रेसिभ मस्कुलर रिल्याक्सेसन सर्च गरेर हेर्न सकिन्छ । यसरी तनावलाई टाढा राख्ने कारणलाई आफ्नो जीवनमा लागू गर्नुपर्ने हुन्छ ।

जुन सयम आफूसँग बढी प्रश्न गरिन्छ वा कुनै कुराले झन्झट सिर्जना गरेको छ भने आफ्नो ध्यान त्यसबाट अन्तै मोड्ने गर्नुपर्छ ।(एजेन्सीको सहयोगमा)