के तपाईँलाई पढ्दा नौला शब्दले अप्ठ्यारो पारेको छ ?

२०७६ कार्तिक ३ आइतबार ११:३९:०० मा प्रकाशित

कुनै पनि अध्याय चाहे जुनसुकै भाषामा किन नहोस्, गहन रुपमा बुझ्न एकरुपता चाहिन्छ । कुनै धेरै वजन बोकेको लामो पृष्ठ होस् यदी विद्यार्थीमा अध्यायका वीचमा आउने बोझिला शब्दको अर्थनआएमा के गर्ने ? एउटा रहस्य र अनुमान कै बिषय हो उनीहरुका लागि ।

तपाईँ इतिहास, भूगोल, समाजशास्त्र, दर्शनशास्त्र वा जीवनी अध्ययन पढ्दै हुनुहोला । दैनिक अध्ययन गर्नुहोला । तपाईँको मातृभाषा नेपाली, हिन्दी, नेवारी, मैथिली हो र सो सम्बन्धी पाठ सम्वद्व लिपिमा भयो भने गाह्रो नहोला ।

विद्यार्थीहरुको माझमा अंग्रेजी रचना र साहित्य पढ्नै पर्ने चुनौतिपूर्ण बिषय हुन् । जसोतसो त पढिआए कै हो । बोक्रे ज्ञान बोकेकै हो । तर गाह्रो परेमा हामी शब्दकोष पल्टाउँला । सञ्चार माध्यमका सामाजिक सञ्जालद्वारा कम्प्युटर र ल्यापटपमै अर्थ थाहा पाइने एप्स् वा शब्दकोष नपाइने पनि त होइनन् !

मानौं, बजारमा निस्केको ‘हेनरी किसिङ्गर एक विचारक’ नामक अंग्रेजी जीवनी तपाईँ पढ्दै हुनुहुन्छ । पाठमा आउने भाषागत् संरचनाको ज्ञान छ भने पढ्न त मुस्किल नहोला नि ! मिति, घटना, सँगै जोडिएर आउने व्यक्तिका नाम र रोचक प्रसंगले मन छोला पनि । तर राम्ररी अध्ययन गर्नको लागि शब्दको तात्विक परिभाषा कसरी निकाल्ने ? किनकी एउटै वाक्यमा २ देखि ५ शब्द हाम्रा लागि नयाँ नै बन्दछन् ।

लामो पुस्तक भएर विद्यार्थीले शब्दकोष प्रयोग गर्नु झन्झटिलो हुन्छ र यसको परिभाषा भाव अनुसार फरक फरक पनि हुन सक्छ ।

हामी गहन पाठ पढ्नको लागि थालनी गर्नु पर्छ । एउटा नयाँ शब्दकोष किन्नुहोस् । अल्छि नगरी शब्दकोष केलाएर पाठ पढ्ने बानी बसाल्नुहोस्, शब्दको अर्थको लागि । यसले पढ्नको लागि जाँगर ल्याउँछ । सायद दुर्खाइम, पार्सन, वेबर  र माक्र्सको समाजवादको परिभाषा पढ्नु पर्ने पनि होला । यस्ता कृति पढ्दैगर्दा अनेकन नयाँ शब्दको जालमा  परिएला । 

पहिलो शब्दले के मागिरहेको छ ? वाक्यको संरचना कस्तो छ ? सार कता जाँदै छ ? त्यसक्रम अनुसार क्रियापद पढ्दै जानुहोस त्यसले जटिलता निराकरण गर्छ । त्यतिखेर तपाईँको नयाँ शब्दकोष केहि नबुझिएमा मात्र प्रयोग गर्नुहोला ।

'किसिंगर एक विचारक' नामक जीवनीमा एक समयको प्रख्यात अमेरिकी सरकारको प्रशासन विभाग प्रमुखको जीवन कहानी समावेश गरिएको छ । यसमा उनको बाल्यकाल जर्मनीमा कसरी बित्यो ? उनले वौध्दिकता कसरी आर्जन गरे ? अमेरिकी सरकारको उपल्लो तहमा नीति निर्माण उनले कसरी गरे ? भन्ने यावत् कुरा समावेश गरिएको छ । यो जीवन कहानी पढ्दा गहकिला शब्दको छाल धेरै आउँछन् । पढ्दा शब्दकोषको प्रयोग असम्भव प्राय देखिन्छ ।

विद्यार्थीले कुनै पनि लेखन कसरी याद गर्लान् । यो उनीहरुको पढाईको धर्मको कुरा हो । यसको मतलब निरन्तर पढ्ने काम । पढाइको निरन्तर त्यागले शब्दको अवयव अवश्य नौलो मानिँदैन । नयाँ शब्द सुरुमा आउलान् । पछि अध्ययनको क्रममा यी नौला लाग्दैनन् । एकाध महिनापछि उनीहरु शब्दको अर्थ खोज्न थाल्दछन् । अर्थ सिधै शब्दकोषमा नखोज्न सक्छन् । उनीहरु वाक्य संरचनाका अर्थ शब्द मार्फत् अनुमान लगाउन थाल्नेछन् ।

के यो नै उत्तम उपाय हो त ? नियमित पढ्न जागरुक नभएका केटाकेटीहरुलाई नयाँ तथा गहन शब्दले धुरुक्कै पार्छ । उनीहरु शब्दकोषमा आश्रय लिईरहेका हुनसक्छन् । तर आम विद्यार्थी जो सधैं पुस्तकमा अध्ययनशिल हुन्छन् र उत्कृष्ट नतिजा हासिल गर्न चाहेका हुन्छन्, उनीहरुलाई बिषयको भाव र सार थाहा पाउनै पर्ने हुन्छ । अध्ययनको प्रारम्भमै बोझिला शब्दको ज्ञान उसमा भरिन्छ । एकाएक उ पढ्न थाल्छ ।

तर दिग्गज मानिएका अध्ययन गर्ने विद्यार्थी पनि एकाध महिना अध्ययनशिल बन्न छोड्ने वा विदामा अन्य कार्यमा लाग्ने हो भने उसको पढ्ने क्रिया हट्छ । भाषा अध्ययनमा सम्झने कुनै खास शत्रु पनि त हुँदैन ।

त्यसैले शब्दको अर्थ जान्न व्यक्तिले एकाध महिना छुट्टीमा बस्ने वा पढाइ रोक्ने गर्नु हुँदैन ।

अध्ययनशिलता, निरन्तरको मेहेनत, जुक्ति र नयाँ पुस्तक पढ्ने जुझारुपनले मानिसको नयाँ शब्द प्रतिको ज्ञान दिनानुदिन बढ्दै जान्छ । तसर्थ,पुस्तक पढ्दा कोरा पढाईमात्र नगरौं, तरिकासँग पढौं र पुस्तकमा छिपेको ज्ञानको रसबाट तृप्त हुने अवसर नगुमाऔं ।

(लेखक न्यौपाने रत्नराज्य क्याम्पसका समाजशास्त्र तेस्रो वर्षका विद्यार्थी हुन् ।)