रेडियो मेलम्चीको बहुउद्देश्यीय भवन निर्माणका लागि सहयोग जुट्दै

२०७६ असोज २९ बुधबार १८:२२:०० मा प्रकाशित

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका १२, बाँसबारीका ठाकुरप्रसाद धितालले रेडियो मेलम्चीको भवन निर्माणका लागि १ लाख ४ हजार १९६ रुपियाँ सहयोग गरेका छन् । धिताल केही वर्षदेखि संयुक्त राज्य अमेरिकामा बस्दै आएका थिए । 

भवन निर्माण कार्यमा व्यक्तिगत रुपमा सहयोग गर्नेहरुमध्ये उनले सबैभन्दा बढी रकम प्रदान गरेका छन् । यसअघि मेलम्ची नगरपालिका वडा नं ११ का सदस्य, जरायोटार एकीकृत वस्तीका अध्यक्ष, समाजसेवी टिकाप्रसाद धितालले रेडियो मेलम्चीको भवन निर्माणका लागि १ लाख १ हजार १ सय ११ रुपियाँ सहयोग गर्ने प्रतिबद्धताअनुसार ५१ हजार १ सय ११ रुपियाँ हस्तान्तरण गरे । 

त्यसैगरी सिन्धुकोटका समाजसेवी राजु रायमाझीले ४० हजार सहयोग गरे । मेलम्ची बालगृहका सञ्चालक, समाजसेवी गणेशविक्रम सिलवालले ३० हजार ३० प्रदान गरे । मेलम्ची ११ का समाजसेवी शिवराम भट्टराईले ३० हजार सहयोग गरे । 

अहिलेसम्म २५ हजार व्यक्तिगत सहयोग गर्नेमा ज्यामिरेका भरत विष्ट, भीमटारका उद्धव अधिकारी, ज्यामिरेका आइतमान तामाङ छन् । 

करिब ६५ लाख लागतमा बन्ने रेडियोको बहुउद्देश्यीय भवन निर्माणका लागि हालसम्म ९४ जनाबाट ८ लाख ५५ हजार ९७४ रुपियाँ व्यक्तिगत सहयोग उठेको रेडियो सञ्चालक समितिका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिए । अन्य ९८ जनाले सयोगको प्रतिबद्धता जनाएको उनको भनाई छ ।