सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पूर्जी जारी

२०७६ असोज २९ बुधबार १७:५९:०० मा प्रकाशित

काठमाडौँ। सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले सांसद गुरुङविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

काठमाडौँ अदालतले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङसमक्ष तामेल गरेको बताइएको छ । 

सांसद गुरुङले आफूले पक्राउ पूर्जी जारी गरेको जानकारी आएको स्वीकार गरेका छन् । सांसद नेकपा निकटका हुन् । उनी दोलखा जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएको थिए ।

२०७४ बैशाखको स्थानीय चुनावलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा भएको आक्रमण गरेको जाहेरीको आधारमा पक्राउ पूर्जी जारी भएको हो ।