५ किलो सुनसहित पक्राउ परेको भोटे सार्वजनिक

२०७६ असोज २९ बुधबार १७:३३:०० मा प्रकाशित

संखुवासभा । भोटखोला गाउँपालिका ५ मा पाँच किलो सुन र नगदसहित सोमबार पक्राउ व्यक्तिलाई सार्वजनीक गरेको छ । 

सुनसहित पक्राउ परेका तोप्चेन भोटेलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले बुधबार सार्वजिनक गरेको हो । 

तोप्चेनलाई ३ करोड ७ हजार ५ सय मुल्य बराबरको सुन र नगद ३८ हजार ८९ रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी डिएपी प्रमुख मीमबहादुर लामाले जानकारी दिए । 

जिल्लाप्रहरी कार्यालयमा पत्रकार सम्मेलन मार्फत अवैधरुपमा चीनबाट किमाथांका नाका हुँदै सुन खाँदबारी ल्याउने क्रममा सुराकीको आधारमा पक्राउ गरिएको प्रहरी प्रमुख लामाले बताए । 

शेर्पाले शोलामा माथि विस्कुट, छुर्पी तथा चकलेट राखेको र त्यसभित्रको गोजीमा लुकाएर राखेको पाँच थान टिल सुन चेपुवा प्रहरी चौकी चेपुवाको प्रहरीले खानतलासी गर्दा फेलापरोको थियो ।  

पक्राउ परेका तोप्चेनलाई बरामद सुनसहित थप कानूनी प्रक्रिया अघि बढाउन राजश्व अनुसन्धान विभाग सरिहर भावन ललितपुर पाठाइने प्रहरी प्रमुख लामाले जानकारी दिए । 

मकालु गाउँपाकिला–४ घर भएका शेर्पाले चीनबाट भन्सार चोरी पैठारी गरी अवैध रुपमा रिदाकको बाटो हुँदै सुन खाँदबारी ल्याउन लागिएको थियो । प्रहरीले भोटखोला–२, घट्टेखोलाबाट शेर्पालाई पक्राउ गरेको हो ।