एकजना डाक्टरको सल्लाह- 'मदिरा नपिएकै राम्रो'

२०७६ असोज २० सोमबार ०७:५४:०० मा प्रकाशित

डाक्टरलाई जँचाइसकेपछि औषधि खाने विषयमा सबै बिरामी वा आफन्तले सधैं नबिर्सी सोध्छन्, ‘औषधि केसँग खाने ? तातो कि चिसो पानीसँग खाने रु खाना खाएपछि या खानु अगाडि ?’ त्यसबाहेक एउटा प्रश्न पनि अनिवार्य रूपमा राख्छन्, ‘के–के कुरामा मुख बार्नुपर्छ ?’ बिरामीजस्तै चिकित्सकले पनि टेप खोलेजस्तै भन्छ, ‘अमिलो, पिरो, चिल्लो, भुटेको र तातो नखानू, रक्सी र चुरोट त छुनै हुँदैन ।’

यसरी रक्सीको प्रसंग उठाउँदा कहिलेकाहीं डाक्टर आफैं पनि असजिलोमा पर्ने अवस्था आउँछ । ३२ वर्षको डाक्टरी जीवनमा मैले कैयौं पटक यस्ता अनुभव आफैं गरेको छु । एक पटक एक आधुनिक भेषभूषाका युवकलाई मैले पिउने गर्नुहुन्छ कि भनेर सोध्दा उनले अचम्म मान्दै जवाफ दिए । ‘तपाईं पनि के प्रश्न गर्नुहुन्छ, आजको जमानामा नपिइकन कतै काम चल्छ र ? बरु कति पिउनु हुन्छ भनेर सोध्नोस् न !’

त्यस्तै अर्का युवकलाई रक्सी नपिउनुहोला भनेपछि उनले प्रतिवाद गरे । ‘तपाईं रक्सी नखानोस् त भन्नुहुन्छ, तर तपाईं डाक्टरहरु पनि मौका परेको बेला बाँकी राख्नुहुन्न । तपाईंलाई याद छैन होला, एक पटक मैले काम गर्ने होटलमा डाक्टरहरुको पार्टी हुँदा तपाईं स्वयम्ले साथीहरुसँग मज्जाले पिउनुभएको थियो । आफूचाहिं पाए नछोड्ने, अरूलाई मात्र नपिउनु भन्ने र?’ उनले संकेत गरेको घटना मलाई याद छ, त्यस दिन मैले अलिकति पिएकै पनि थिएँ । मैले उनलाई गोलमाल र टालटुल जवाफ दिएँ । तर, त्यस घटनापश्चात् यो गर्नोस्, यो नगर्नोस् भनेर अर्ती दिने कुरामा म होसियार हुन थालें । 

एक जना मदिरा दुव्र्यसनी आफ्नो गल्ती पटक्कै स्वीकार्दैनथे । आफूलाई ठीक देखाउन उनी उदाहरण दिन्थे, ‘ठूला बडाका घरमै रक्सी बढी खान्छन् । राष्ट्रपति, मन्त्री जस्ता ठूला पाहुनालाई रक्सीबाटै स्वागत गर्छन् । महान् लेखक र कलाकार दिल खोलेर पिउँछन् । हाम्रा स्वरसम्राट नारायण गोपाल दाइ कति पिउनुहुन्थ्यो या हरिभक्त कटुवालले रक्सीकै नशामा कस्ता–कस्ता कविता पिउनु .... माफ गर्नुहोस् लेख्नुहुन्थ्यो ।’ 

मैले भनें, ‘तपाईं पनि त्यस्तै महान् हुन सिर्जना गर्नोस् अनि पिउनुहोला । तर, आफ्नो कमजोरी लुकाउन आफूले आदर गरेका व्यक्तिको सहारा लिनु त झन् उनीहरुमाथि नै अन्याय र तिरष्कार गर्नु हो ।’

बिरामीहरुका यस्ता तर्क सामना गर्दा मलाई एउटा पुरानो घटना सम्झना हुन्छ । म विद्यार्थी छँदा कलेजमा मदिरा दुव्र्यसनसम्बन्धी सेमिनार भएको थियो । दुव्र्यसनको उपचार र रोकथाम गर्ने विशेषज्ञको भेला थियो । सेमिनारको समापनमा आयोजित रात्रिभोजमा चाहिं रक्सीको राम्रै उपयोग भयो । केही सहभागीलाई त बढी पिएका कारण साथीहरुले स्याहार्नुपरेको थियो । त्यसबेला मेरो मनमा पनि यस्तै प्रश्न उब्जिएका थिए, जुन अचेल मलाई बिरामीले सोध्ने गर्छन् । 

मैले धेरै ठाउँमा लागूपदार्थसम्बन्धी चर्चा गर्दा मदिरा र धूमपानलाई कानुनले छुट दिएको दुव्र्यसन भनेर लेखेको छु । सामाजिक, आर्थिक, मनोवैज्ञानिक प्रभावका हिसाबले हेर्ने हो भने यिनै वैधानिक दुव्र्यसनबाट सबभन्दा बढी हानि भएको छ । तथ्यांक हेर्ने हो भने विकसित र आधुनिक समाजमा कडा र खतरनाक नशालु पदार्थबाट मर्नेको संख्याभन्दा कानुनी छुट पाएका चुरोट र रक्सीबाट मर्नेको संख्या ३० गुणा बढी छ । अमेरिकामा मात्रै प्रत्येक वर्ष सवारी दुर्घटनामा मर्नेमध्ये झन्डै २५ हजार जतिको मृत्यु रक्सीकै कारणले भएको हुन्छ । यस्ता तथ्यांक अनगिन्ती छन् । तैपनि मदिरा सेवन बढिरहेको छ र यो दिनदिनै जटिल समस्या बन्दै गएको छ । 

अर्कोतिर इतिहास र सामाजिक सन्दर्भ हेर्दा मदिरा सेवनलाई सधैं विशुद्ध दुव्र्यसनको रूपमा मात्र लिइनु पनि हुँदैन । मदिरा सेवन मानव सभ्यता सुरु भएदेखि नै प्रचलनमा छ । कतिपय समाजमा यसको प्रयोग धार्मिक र सामाजिक रूपले पनि मान्य छ । नेपालका केही समुदायमा कुखुराको भाले, कुखुराको फुल र मदिरा शुभकार्यमा अनिवार्य छ । विभिन्न धार्मिक शक्तिपीठहरुमा मदिरा पनि चढाइन्छ र त्यहाँको जल या प्रसाद सम्पूर्ण हिन्दूहरुका लागि ग्राह्य मात्र हैन, पवित्र मानिन्छ । प्रायःजसो यहाँ प्रचलित सबै तान्त्रिक विधिहरुमा मदिरा नभई हुँदैन । त्यस्तै व्रिmश्चियन धर्मको बाइबलका कथाहरुमा प्रभु येशुले पानीलाई मदिरामा परिणत गरी आफ्नो दैवीशक्ति र चमत्कार देखाएका वर्णन छन् । एक विशेष भतेरमा आफ्नो रगतलाई मदिराको संज्ञा दिएकाले येशुका अनुयायीहरुले पवित्र वस्तुको रूपमा मदिरा सेवन गर्छन् । यसरी धार्मिक र सामाजिक परम्परा सँगै जोडिएर आएको हुनाले आजको समाजमा पनि विविध औपचारिक स्थान र समयमा यसको सेवनले ठाउँ पाएको छ । सायद यिनै ऐतिहासिक, धार्मिक र सामाजिक मान्यताले गर्दा नशालु पदार्थ हुँदाहुँदै पनि मदिराको प्रयोगले वैधानिक छुट पाएको हुन सक्छ । 

हिजोआज बिरामीसँग मदिराबारे चर्चा गर्दा एउटा नयाँ तर्क पनि सुन्न पाइन्छ । थोरै मात्रामा अड्कलेर पिउने गरेमा यसले मुटुरोगीलाई फाइदा गर्छ रे ! रोग लागिसकेकालाई त फाइदा गर्छ भने झन् रोग नै नलागेका निरोगीले पनि थोरै–थोरै सधैं पिउने गरेमा मुटुको रोग नै लाग्दैन होला ! तर यो तर्कसँगै खतरनाक कुतर्क लुुकेको छ । कुनै वस्तुको लाभको चर्चा गर्दा त्यसबाट हुने प्रत्यक्ष, अप्रत्यक्ष हानि र त्यसले उत्पन्न गर्ने खतरासँग जोड–घटाउ गरेर मात्र शुद्ध लाभको मूल्याङ्कन    गर्नुपर्छ । उदाहरणका रूपमा हाल प्रचलित दुखाइ कम गर्ने दवाइहरु भन्दा अफिम या मार्फिया बढी प्रभावकारी, सस्तो र हानिरहित मानिन्छन् ।

तर, अफिमको सेवनबाट प्रायः छुटाउन नसकिने दुव्र्यसन पैदा गर्ने हुँदा अफिम या मार्फियालाई अति विशेष स्थितिमा बाहेक दुखाइ कम गर्ने  को रूपमा प्रयोग गरिँदैन । मुटुका रोगीलाई थोरै–थोरै मदिरा पिउने सल्लाह दिँदा मदिराबाट हुने दुव्र्यसनबाट बच्ने उपाय पनि सिकाउनुपर्छ । ‘धेरैचाहिं नपिउनु होला नि १’ भन्नेबाहेक हामीसँग अरू विकल्प पनि छैन ।

थोरै मात्रामा मदिरा सेवन गर्दा फाइदा गर्छ भन्नुभन्दा सेवन नै नगर्दा के बेफाइदा गर्छ ? के मदिरा सेवन नगर्नेलाई बढी मुटुको रोग लाग्छ रु यो पनि बुझ्नु जरुरी छ । रक्सी नखाँदा कुनै पनि हानि या खतरा पैदा हुँदैन । यसको सेवन गर्नु जरुरी पनि छैन र सेवन नगर्दा कुनै हानि हुँदैन । कतिसम्म पिउन हुन्छ, कुन–कुन परिकारका मदिरा उत्तम हुन् र कस्तो समयमा सेवन गर्न ठीक छ जस्ता अनेकौं प्रश्न अनावश्यक र भ्रम सिर्जना गर्ने खालका हुनाले मदिरा सेवनको विषयमा कुनै कुरा नगर्नु राम्रो  हुन्छ । 

जनमानसमा मदिरा सेवनबारे केही भ्रम पनि छन् । रक्सी पिएको बेला मन आँटिलो, फूर्तिलो र जोशिलो भइन्छ भन्ने मुख्य भ्रम हो । रक्सीले मान्छेको मस्तिष्कलाई धुमिल्याउने, सतर्कता, होसियारी र खतराको महसुसलाई कमजोर पारिदिने हुनाले आफू आँटिलो भएको अनुभव हुन्छ । खाल्टैखाल्टा भएको जमिनमा हिँड्दा खाल्टामा परिन्छ कि भनेर हामी सतर्क हुन्छौं । तर, वर्षापछि छिपछिपे पानीले त्यही जमिन ढाक्यो भने खाल्टा देखिँदैनन्, सबै समतल देखिन्छ । त्यस्तो अवस्थामा आँटिलो भएर हिँड्दैमा खाल्टामा परिने खतरा टर्दैन । त्यस्तै मदिरा सेवन गरेको बेलामा आउने, आँट, जोश पनि देखावटी मात्रै हो, यसले झन् ठूलो खतरा निम्त्याउन सक्छ । 

थाकेको बेला रक्सीले आराम दिन्छ र थकाइ मेटाउँछ भन्ने अर्को एउटा प्रचलित भ्रम पनि छ । तर, कहिलेकाहीं मात्र पिउनेलाई अलिकति पिएर सुतेको भोलिपल्ट शरीरमा आराम र फूर्तिको सट्टा भारीपन, टाउको दुख्ने, वाकवाक लाग्ने, शरीर दुख्ने जस्ता अनुभव हुनेगर्छ । शरीरमा प्रवेश गरेको रक्सी पचाउनु पर्दैन, यो सोझै शरीरका हरेक अङ्गमा पुग्छ । रक्सीलाई बाहिर फाल्नु अगाडि शरीरले यसलाई अरू रासायनिक वस्तुमा परिणत  । त्यसरी पैदा हुने ‘एसिटाइल डिहाइड्रेड’ भन्ने तङ्खव विषालु मानिन्छ । यसका कारण टाउको दुख्ने, उल्टी आउन खोज्ने र मांशपेशी दुख्ने हुन्छ । कतिपयमा रक्सीले यौनशक्ति बढाउँछ भन्ने गलत धारणा पनि पाइन्छ । 

बरु रक्सीले शारीरिक र मानसिक व्रिmयालाई दबाउँछ । त्यसरी दबिने क्तममा सबैभन्दा संवेदनशील मानसिक व्रिmया–आत्ममूल्याङ्कन, सतर्कता र संयम पनि दबिन्छन् । नियन्त्रित अवस्थामा रहेका उत्तेजना, आक्तामक स्वभाव र उत्ताउलोपन माथि आउँछन् । व्यक्तिले कसैसँग पनि लाज, डर तथा खतरा महसुस गर्दैन र ऊ उत्ताउलो एवं नकच्चरो बन्छ । अरू बेला हिम्मत नगरेका काम अरूलाई जिस्क्याउने, पिछा गर्ने र हात हाल्ने पनि गर्छ । आपूmलाई लाज र शरमको अनुभव नहुँदैमा लज्जास्पद बोली या काम अरूलाई सामान्य हुन सक्दैन भन्ने उसले बुझ्दैन । रक्सीले छोडेपछि उसलाई सबै लाज–शरम दोब्बर बढी अनुभव हुन्छ र ऊ झन् ग्लानिमा फस्न पुग्छ । यौनशक्ति चाहिं मदिरा सेवनले झन् कमजोर बनाउँछ र घटाउँछ । जवान र स्वस्थ व्यक्तिको शक्ति कमजोर भएको छ भने त्यसका मुख्य कारण मानसिक तनाव, मधुमेह र मदिराको दुव्र्यसन हुन  सक्छन् ।

उपचार गर्दा प्रयोग हुने केही औषधिले पनि यौनशक्ति क्षीण पार्छन् । तनाव र औषधिले गरेको कमजोरी अस्थायी हुन्छ र रोग निको भएपछि आफैं हटेर जान्छ । तर, मधुमेह र रक्सीबाट हुने यौन दुर्बलता झन्डै स्थायी हुन्छ । आफू कमजोर भएको कारण नै जँड्याहाहरु आफ्नी श्रीमतीलाई ‘मबाट नपाएको सन्तुष्टि अरूसँग लागेर लिने गरेको हुनुपर्छ’ भन्ने शंकाले ग्रस्त हुन्छन् । यही शंकाले पिछा गर्ने र पिट्ने गर्छन् ।

रक्सी पिएपछि त्यसले पेट पोल्छ । आमाशयको भित्री भाग जलाउँछ, पाचन रसको मात्रा घटाइदिन्छ र सुक्खा पेटमा अजीर्ण गराउँछ । तर, कतिपय व्यक्ति रक्सीले पचाउँछ, हजम गर्छ र रक्सी खाएको बेला जति खाए पनि हुन्छ भन्ने ठान्छन् । मदिरा दुव्र्यसनीलाई डाक्टरकहाँ लैजाँदा तिनका आफन्त र केही बुज्रुक व्यक्तिहरु पनि साथमै आउँछन् । मदिरा सेवनकर्ता दुव्र्यसनको चरणमा पुगेपछि खाना पचाउन छाड्छ, भोक लाग्दैन, दैनिक आहारा कम हुन्छ र रक्सी मात्र पिउँछ । त्यसैलाई इंगित गर्दै बुज्रुकहरु भन्छन्, ‘पिउन पनि त जान्नुपर्छ, पिउनै त हामी पनि टन्न पिउँछौं । २–४ क्वार्टर पिउँदा १–२ किलो मासु पनि सिध्याइन्छ । रक्सीले त्यही मासु पचाउँछ र जीउ पनि बचाउँछ ।’ तर, रक्सी मात्रै खानेको चाहिं शरीरकै मासु पचिरहेको हुन्छ । यस्तो टिप्पणी गर्ने बुज्रुकहरु यसरी २–४ क्वार्टरको दरले पिउँदै जाँदा आफ्नो गन्तव्य पनि त्यही ‘बिनामासुको रक्सी’ मा पुग्छ भन्ने बुझ्दैनन् । बिरामी पनि यस्ता कुरा सुनेपछि पसिना र कम्पनसहितको हातले इशारा गर्दै दयनीय स्वरले थप्छन्, ‘ पहिला त म पनि त्यसै भन्थें, २–३ प्लेट ममचा र भुटन एकै बसाइमा रित्याउँथें । अब त एक गाँस भात पनि    पच्दैन ।’

केही वर्षअगाडि एक जना स्वास्थ्यकर्मीलाई नै मदिराको लतबाट छुटाउनुपर्ने भयो । मैले उनीसँग कसरी त्यस्तो अवस्था आयो भनेर सोधें । उनले लामो जवाफ एक सासमा दिँदै भने, ‘जागिरमा राजनीति लाग्यो । आफ्नो मेडिकल हल र क्लिनिक छोडेर जागिर जोगाउन कर्णालीका हेल्थपोस्ट जानुप¥यो । काम केही थिएन, जाडो धेरै, सबैले पिउने । फेरि परिवार छोडेर एक्लै बस्नुपर्ने अवस्था । जाडो भगाउन पिउँदा–पिउँदा लत नै बस्यो । जागिर त सरुवा भयो तर लतले चाहिं घर आए पनि पछ्याइरह्यो ।’

बुझ्नुपर्ने कुरा के हो भने रक्सीले कहिल्यै जाडो कम गर्दैन । जाडो हुँदा छालामा काँढा उम्रिएको हामी सबैले अनुभव गरेकै कुरा हो । छालाका मसिना रक्तनली साँगुरिने भएकाले शरीरको रगतमा भएको तापक्तम छालाबाट चिसो हावामा बाहिर बग्दैन र केही हदसम्म शरीरलाई चिसो लाग्नबाट बचाउँछ । तर, रक्सी खाँदा उल्टै छालाका नली फुकाइदिन्छ । यसपछि शरीरको तातो रगत बढी मात्रामा छालामा आउँछ, चिसो हावासँग सम्पर्क गर्छ र बढी ताप नष्ट हुन्छ । शरीरले तातोपन गुमाएकाले चिसो घुस्छ । तर, बढी तातो रगत छालामा खेल्ने हुनाले न्यानोपनको गलत भ्रम उत्पन्न हुन्छ । ठण्डी लागेको बेला घाँटी या गला दुखेमा रक्सी सेवनबाट कम हुँदैन बरु उल्टो बढ्न सक्छ । रक्सीले चिसोबाट कदापि बचाउँदैन । रक्सीबारे यस्ता अनगिन्ती भ्रम छन् अर्थात् सबै जनविश्वास भ्रमपूर्ण नै छन् ।

यिनै भ्रमको प्रयोग गर्दै सेवनकर्ताले यसको प्रयोग बढाइरहेको हुन्छ । तर, यथार्थ के हो भने बिरलै अवस्थामा मात्र मदिराको प्रयोग उपयोगी हुन सक्छ । तर, सम्बन्धित विज्ञले निश्चित उद्देश्यका लागि त्यस्तो प्रयोग गर्ने स्वीकृति दिएमा मात्र पिउन मिल्छ । सामान्य दैनिक जीवनमा रक्सी कुनै पनि दृष्टिकोणले लाभदायक छैन । तर, रहस्यमय के छ भने मदिरा यस्तो वस्तु हो, जसले कवि, लेखक, कलाकारदेखि राजनीतिज्ञलगायत असंख्य सर्वसाधारणलाई युगौंदेखि आफ्नो वशमा लिएर नष्ट पारेको छ । अझ कति व्यक्ति र परिवारलाई यसले बगाउँछ त्यो अहिले समयकै गर्भमा छ ।
 (मानसिक रोग विशेषज्ञ डा। विश्ववन्धु शर्माको पुस्तक ‘मानसिक स्वास्थ्यका विविध अनुभव’को एक अंश हो यो ।)