मण्डपबाटै बेहुला बेहुलीसहित ७ जना पक्राउ

२०७६ असोज १७ शुक्रबार १७:०३:०० मा प्रकाशित

सल्यान, १७ असोज । शिद्ध कुमाख गाउँपालिका ४ चाँदेकरञ्जीमा बाल बिवाह गराएको आरोपमा मण्डपबाटै बेहुला बेहुलीसहित ७ जना पक्राउ परेका छन् । बालविवाह गराइरहेको गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । 

१९ वर्षीय वेहुला र १९ बर्षिया वेहुली सहित बेहुलाका बुवालोक बहादुर बोहरा र आमा माया बोहरा, वेहुलीका वुवा रत्न बहादुर रावत र कलौटी रावत छन् । यसैगरी जाजरकोट कुसे गाउँपालिका ९ घर भएका पण्डित २५ वर्षीय नवीन आचार्य पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

वेहुलीको घर शिद्धकुमाख गाउँपालिका २ शिद्देश्वरी हो । उनीहरुको बिहीबार स्थानीय परम्परा अनुसार विवाह हुन लागेको थियो । केटी पक्षको घरमा विवाहको सम्पुर्ण काम पूरा गरी विवाह गर्ने र गराउने टोली केटाको घरमा पुगिसकेको थियो ।

बालविवाह गराउनेहरुलाई तीन वर्षसम्मको कैद र ३० हजार रुपैयाँ सम्मको जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।