खपत बढेपनि दशैँमा इन्धन अभाव नहुने

२०७६ असोज १६ बिहीबार १६:१४:०० मा प्रकाशित

काठमाडौँ, १६ असोज । नेपालीहरुको महान् चाड दशैँमा इन्धनको अभाव नहुने नेपाल आयल निगमले जनाएको छ  । दशैमा इन्धन खपत धेरै हुनने भएकाले इन्धनको अभाव कतैबाट पनि नहुने बताएको हो । 

निगमले आफ्ना सबै डीपोहरुमा भण्डारण क्षमता अनुसार इन्धन भण्डारण गरेकाले इन्धनको अभाव कतैबाट पनि नहुने निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौड्याललले जानकारी दिए । 

बुधबारदेखि २० हजार किलोलिटर तेल पाईपलाईनबाट झरिरहेको उनले बताए । यसका अलवा डीपोहरुमा इन्धन पुर्‍याएर फर्कीने सबै ट्याङ्करमा पूर्ण रुपमा इन्धन भरेर राखिने निगमने निगमको भनाई छ । 

सामान्य अवस्थामा दैनिक ५ सय किलोलिटर पेट्रोल खपत हुने काठमाडौं उपत्याकामा बुधबार ३ सय किलोलिटर बढी माग भएको छ ।