नेकपा सिन्धुपाल्चोक : टुङ्गायो, विभाग, तह र संगठनको नेतृत्व 

२०७६ भदौ ३० सोमबार १५:५६:०० मा प्रकाशित

सिन्धुपाल्चोक, ३० भदौ ।  नेकपा सिन्धुपाल्चोकले प्रतिनीधिसभा÷प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहमा पार्टी नेतृत्वको अन्तिम टुंगो लगाएको छ ।  शुक्रबार जिल्ला सदरमुकाम चौतारामा जिल्ला कमिटीको बैठक बस्दै पैतिनीधि सभाका २ निर्वाचन क्षेत्र, ४  प्रदेश सभा निर्वाचन क्षेत्र र १२ वटै स्थानीय तहमा नेतृत्व चयन गरेको हो । 

 निर्वाचन क्षेत्रमा संयोजक र सचिव तोक्दै स्थानीय तहमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाइएको नेकपाका नेता कमल नेपालले बताउनुभयो । निर्वाचन क्षेत्र नमबर १ मा गणेश बिकलाई संयोजक तोकीउको छ भने सचिवमा यज्ञ सापकोटालाई जिम्मेवारी दिइएको छ । १ नम्बर निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र १ मा भेषराम ढकाललाई संयोजक र दीपेन्दै भण्डारीलाई सचिव तोकीएको छ भने २ नम्बर प्रदेश क्षेत्रमा होमनारायण श्रेष्ठलाई संयोजक र प्रतापसिं तामाङलाई सचिवको जिम्मेवारी दिइएको छ । 

प्रतिनीधि सभा निर्वाचन क्षेत्र २ मा संयोजकमा मित्रलाल चौलागाइँ र सचिवमा भरत थापाले जिम्मेवारी पाएका छन् । २ नमबर निर्वाचन क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र १ मा जानुका पराजुली संयोजक र विष्णुमणी आचार्यले सचिवको जिम्मेवारी पाए । २ नम्बर प्रदेश निर्वाचन क्षेत्रमा संयोजक मुना ढकाल संयोजक र सोमर बम्जन सचिवमा चुनिएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकामा इन्चार्ज रामचन्द्र बस्नेत, सहइन्चार्ज श्यामृष्ण श्रेष्ठ तथा अध्यक्षमा चन्द्र धिमालकोटी र सचिवमा ईश्वरी श्रेष्ठले जिम्मेवारी पाए । मेलम्ची नगरपालिकामा उदन आलेमगर इन्चार्ज, घननाथ पराजुली सहइन्चार्ज र अध्यक्षमा डमबर अर्याल तथा सचिवमा गोपाल नेपाल चुनिए । बाह्रविसे नगरपालिकामा देवीबहादुर पराजुलीले इन्चार्ज पाए भने शुशिला पाख्रिनले सहइन्चार्जको जिम्मेवारी पाएकी छन् । अध्यक्षमा ज्ञानेन्द्र राउत र सचिवमा इन्द्रजित तिमल्सिना चुनिएका छन् । 

भोटेकोसी गाउँपालिकामा इन्चार्ज अमृत खड्का, सहइन्चार्ज कुमार राउत र राजु घताने चयन भए भने अध्यक्षमा आङछिरीङ शेर्पा र सचिवमा छेवाङ शेर्पा चुनिए । त्रिपुरासुन्दरी गाउँपालिकामा भुपेन्द्र श्रेष्ठलाई इन्चार्ज दिइएको छ भने अनन्तप्रकाश श्रेष्ठलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ । अध्यक्षमा राजु खाती र सचिवमा शिव कार्कीले जिम्मेवारी पाएका छन् । लिसंखुपाखर गाउँपालिकामा पूणृबहादुर तामाङ इन्चार्ज, सहइन्चाजृमा शमशेर शाक्य र फुलम तामाङ रहेका छन् । अध्यक्ष र सचिवमा सुर्य लामा र राजु लामाले जिम्मेवारी पाएका छन् ।
 
सुनकोसी गाउँपालिकामा पुरुषेतम भण्डारीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ भने सहइन्चार्जमा इन्द्र खत्री र देवी अधिकारीले जिम्मेवारी पाए । अध्यक्षमा प्रेम लामा र सचिवमा अमर लामा चुनिएका छन् । बलेफीमा गंगाबहादुर तामाङले इन्चार्जको जिम्मेवारी पाउँदा तेजबहादुर थापाले सहइन्चार्जको जिम्मेवारी पाएका छन् । अध्यक्षमा डमबर थापा र सचिवमा उजरबहादुर कार्की चुनिएका छन् । 

जुगलमा जरा लामाले इन्चार्ज पाए भने रामचन्द्र थापामगर र रेशम स्याङ्बोले सहइन्चार्ज पाएका छन् । अध्यक्षमा पदम श्रेष्ठ र सचिवमा लक्ष्मण दोङ रहेका छन् । डालबहादुर सापकोटाले इन्द्रावती गाउँपालिकाको इन्चार्ज पाएका छन् भने बिर बहादुर तामाङ र खिलबहादुर गिरीलाई सहइन्चार्ज बनाइएको छ । अध्यक्षमा नुनबहादुर सापकोटा र सचिवमा बुझुङ लामाले जिम्मेवारी पाए ।

हेलम्बुमा पूर्वा ह्योल्मो इन्चार्ज, सहइन्चार्जमा छिरीङ ग्याल्बो लामा र बेनबहादुर पण्डितले जिम्मेवारी पाए । अर्जुन भण्डारी अध्यक्ष बनेका छन् भने सचिवमा दीपक लामिछाने रहेका छन् । पाँचपोखरी थाङ्पालमा फूर्पा स्याङ्बो इन्चार्ज, सहइन्चार्जमा निर्मल बञ्जरा र लङजम शेर्पाले जिम्मेवारी पाए । अध्यक्षमा शिशिर वाइवा र सचिवमा गोपाल स्याङ्बो रहेका छन् । वडा तहमा भने पूर्व एमाले र पूर्व माओवादीले कुन कुन वडाको नेतृत्व पाउने भन्ने तय भइसकेको छ । तर कस्ले गर्ने भन्ने टुंगो भइसकेको छैन ।

नेकपाको शुक्रबारको बैठकले जिल्ला कमिटीलाई व्यवस्थित गर्न ८ सदस्यीय जिल्ला कार्यालय समेत गठन गरेको छ । जिल्ला कार्यालयमा  झम्क नेपाल, दावा तामाङ,डोल्मा तामाङ, गोविन्द पराजुली, कमल नेपाल, सुर्य लामा र उदन आलेमगर रहेका छन् । बैठकले विभिन्न विभाग र जनवर्गीय संगठनहरुको इन्चार्ज र सहइन्चार्ज समेत तोकेको छ ।