बाँके घटना : वडाध्यक्षविरुद्ध किटानी, काँग्रेसले ससद अवरुद्ध नगर्ने

२०७६ भदौ ३० सोमबार १४:२४:०० मा प्रकाशित

काठमाडौँ, ३० भदौ । बाँके घटका आरोपी खजुरा गाउँपालिका १ का वडाअध्यक्ष सुमन मल्ललगायतविरुद्ध किटानी दर्ता भएको छ । बाँके जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गरेको आरोपमा वडाध्यक्षमाथि किटानी दर्ता भएको हो । 

वडाध्यक्ष विरुद्ध किटानी दर्ता भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार संसद बैठक अवरुद्ध नगर्ने सचेतक पुष्पा भुसालले जानकारी दिइन् । आइतबार साझ बाँके प्रहरीले वडाध्यक्षलगायत विरुद्ध दिएको किटानी जारी दर्ता गरेको हो । 

आइतबार काँग्रेसले घटनाका दोषीमाथि तत्काल कारबाहीको माग गर्दै प्रतिनिधि र राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको थियो । अवरोध जारी भएपछि सभामुख कृष्णबहादुर महराले सोमबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।