ला लिगा : सेभिया शीर्ष स्थानमा

२०७६ भदौ ३० सोमबार १४:१५:०० मा प्रकाशित

काठमाडौँ, ३० भदौ । सेभिया स्पेनिल ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सेभियाले डिर्पोटिभो अलाभेसलाई १–० गोलले हरायो ।

सेभियाको कठिन जितमा जोन जोर्डनले ३७औं मिनेटमा गोल गरेका थिए । जितसँगै सेभियाले चार खेलबाट १० अंक बनाएको छ । पाँच अङ्क बनाएको अलाभेस ११औं स्थानमा छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रि«डको नौ अंक छ तेस्रो र चौथो स्थानमा रहेका रियल म्याड्रि«ड र बिल्बाओको समान आठ अंक छ ।

अर्को खेलमा ग्रानाडाले सेल्टाभिगोलाई २–० गोलले हरायो । ग्रानाडाको जितमा जर्मन सान्चेजले ४५औं र एन्जल हरेराले ५४औं मिनेटमा गोल गरेका थिए । जितँगै सात अंक बनाएको ग्रान्डा छैटौं स्थानमा छ ।

सात नै अंक बनाएको साविक विजेता बार्सिलोना पाँचौं स्थानमा छ । चार अंक बनाएको सेल्टाभिगो १६औं स्थानमा छ । अन्य खेलमा स्पान्योलले इबरलाई २–१ गोलले हराएको छ ।

ओसासुना र रियल भालाडोलिड तथा गेटाफे र रियल बेटिसले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।