घट्याे सुनकाे भाउ

२०७६ भदौ ३० सोमबार १२:००:०० मा प्रकाशित

काठमाडाैं । सुनको मूल्य पछिल्लो सातादेखि क्रमिक रुपमा घट्न थालेको छ । डेढ महिना अघिदेखि लगातार उकालो लागेको सुनकाे मुल्य अहिले घट्न थालेकाे हाे ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो । १० साउनदेखि सुनको मूल्य लगातारा उकालो लाग्दै आएको थियो ।

झन्डै डेढ महिना उकालो लागेको सुनको मूल्य पछिल्लो एक सातादेखि घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । १० दिनको अवधिमा सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घटेको महासंघले जनाएको छ ।