विश्वकप छनोट : नेपाल विजयी, नायक बने अञ्जन

२०७६ भदौ २४ मंगलबार १८:५२:०० मा प्रकाशित

काठमाडौँ, २४ भदौ । विश्वकप छनोट फुटबलको दोस्रो चरण नेपाल बिजयी भएको छ । नेपालले चाइनिज ताइपेविरुद्ध दुई शुन्यको लोल अन्तरले पराजित गरेको हो । 

ताइपे रंगशालामा भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेलाई २–० गोलअन्तरले पराजित गरेको हो । खेलको चौथो र ६२ औं मिनेटमा नोपालका लागिग नेपालको जीतमा दुबै गोल अञ्जन विष्टले गरे ।

योसँगै समूह बी मा रहेको नेपालले दुई खेलबाट तीन अंक बटुल्न सफल भएको छ । नेपालले यसअघि खेलको आफ्नो पहिलो खेलमा भने कुवेतसँग ७–० गोलको हार ब्यहोरेको थियो ।