यस्तो छ अन्तरदेशीय पेट्रोलियम पाइपलाइन, १० फोटो

२०७६ भदौ २४ मंगलबार १६:४६:०० मा प्रकाशित

काठमाडौं, २४ भदौ । नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजना मंगलबार दुबै देशका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गरेका छन् । मंगलबार दिउँसो नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आ–आफ्नो देशबाट ‘स्वीच’ थिचेर पाइपलाइन उद्घाटन गरे । 

भारतको मोतिहारीबाट नेपालको बाराको अमलेखगन्जसम्म बिछ्याइएको पाइपलाइन शुरुमा भारतीय प्रधानमन्त्री मोदीले हैदरावादबाट भिडियो कन्फ्रेन्समार्फत स्वीच थिचेपछि बरौनीमा तेलको पाइप ‘अन’ हुने र सिंहदरबारबाट प्रधानमन्त्री ओलीले रिसिभ स्वीच थिचेर भारतबाट पठाइएको तेल स्वीकार गरेका छन् । 

करीब चार अर्ब ४० करोड लागतमा निर्माण भएको बताइएको छ । नेपाल आयल निगमका अनुसार पाइपलाइनबाट प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्नेछ । 

हेर्नुहोस् फोटोमा :

 

 

 

 

 

 

 

फोटो : रासस