आफैंलाई किन चिन्न सक्दैन मानिस ?

२०७६ भदौ १३ शुक्रबार ०८:१६:०० मा प्रकाशित

मानिसको खोज सुख हो । सुख पाएपछि अरु पाउने कुरा केही पनि बाँकी रहन्न । अन्तिम खोज सुख हो र सबै प्रकारका प्रयासहरु, प्रयत्नहरु सुख प्राप्तिको लागि केन्द्रित हुन्छ । सुख पाउनु अन्तिम लक्ष्य हो । यदि सुख पाउनु लक्ष्य हो भने सुखको विषयमा बुझ्नु पनि त  पर्यो नि । सुख कति प्रकारका हुन्छन् ? सुख उत्पन्न हुने स्थान, कहाँ–कहाँबाट सुख उत्पन्न   हुन्छ ? थाहा त पाउनु पर्यो नि । आज यही सुखलाई बुझ्ने प्रयास गरौं ।

दुई प्रकारको सुख हुन्छ । सुखको स्रोत दुईटा छ । दुईटा स्रोतबाट आएको सुखलाई हामी अनुभव गर्न सक्छौं । एउटा स्रोत हो– उत्तेजना, उत्तेजना पनि सुखको स्रोत हो । र अर्काे सुखको स्रोत हो– शान्ति । अस्थिरतामा पनि सुख छ, स्थिरतामा पनि सुख छ र हामीले बुझेको, हामीले भोगेको चाहिँ उत्तेजनाको सख हो । शान्तिको सुखलाई अनुभव गर्ने मौका पाएका छैनौं, किनभने शान्तिको सुख त्यत्तिकै पाइँदैन । यसको लागि मिहिनेत, श्रम गर्नुपर्छ र यो अरुले मिहिनेत गरेर पाइँदैन । आफैँले मिहिनेत गर्नुपर्छ ।

उत्तेजनाको सुख पाउन सजिलो छ । अरुले सुख पाएको देख्न सक्छन् । देखेको कुरालाई अनुशरण गर्न सजिलो हुन्छ । फलानो व्यक्तिले यो यो कर्म गरेर सुख पायो, म पनि त्यस्तै गरेर सुख पाउँछु भन्न सकिन्छ तर शान्तिको सुख देखिँँदैन । भित्रबाट कुन मानिस कति शान्त छ र आनन्दित छ, यसको हिसाब लगाउने कुनै उपाय छैन । त्यसैले शान्तिको सुख प्रकट हँुदैन । त्यसकारण मानिसले छोडिदिए यसलाई जे देखिन्छ त्यसको पछाडि लागेनन् । जुन कुरा अदृश्य छ, त्यसको पछाडि किन लाग्ने ?

केही व्यक्तिहरु यहाँ केही हुनसक्छ भनेर खोजी गर्न निस्के र जसले पायो उसैले पायो । यो शान्तिको सुखलाई अनुभव गर्न सकिन्छ, बुझ्न सकिन्छ तर न अरुलाई बाँड्न मिल्छ, न अरुलाई बताउन मिल्छ, यस्तो प्रकारको सुख पाएँ भनेर भन्न पनि सकिन्न । वश्, यति भन्न सकिन्छ, आनन्द छ तर देखाउन सकिन्न, यस्तो सुख हुन्छ भनेर भन्न सकिन्न, कठिनाइ हुन्छ । उत्तेजनाको सुख अस्थायी सुख हो । ऊर्जा उठुन्जेलसम्म हामी सुखको अनुभव गर्छांै । फेरि ऊर्जा सकियो, ऊर्जाको गति त्यसको वेग सकियो अनि हामी दुःखको अनुभव गर्छाैं । किनभने कुनै पनि चीज उठ्छ, जागृत हुन्छ भने एकछिनपछि विश्राम लिन्छ । कुनै पनि चीज अहिले सक्रिय भएको छ भने केही समयपछि निस्क्रिय हुन्छ । यो स्वाभाविक हो । प्राकृतिक कुरा हो । कुनै पनि स्थायी रहन्न । समुद्रमा छाल उठ्यो, छाल उठिरहन सक्दैन । केही समयपछाडि छाल त समुद्रमा पस्नै छ र उठ्दाखेरि बडो रमाइलो हुन्छ ।

तल बसेको पानी एकैपटक माथि हावामा आकाशतिर उड्न पाउँदा असाध्यै आनन्दको अनुभव हुन्छ तर क्षणिक, पूरा आनन्द भोग्नै पाएको छैन फेरि छाल त जहाँ थियो त्यहीँ खस्यो । जस्ताको त्यस्तै भयो । उत्तेजनाको सुख समुद्रको छाल जस्तै हो । उठ्यो फेरि तुरुन्तै फिरिहाल्यो र यो उत्तेजित हुनको लागि जुन शरीरको र मनको शक्ति खर्च हुन्छ, यो शक्ति फेरि पूर्ति गर्नको लागि समय लाग्छ । फेरि उत्तेजनामा आउनलाई समय लाग्छ । यो मनको र शरीरको शक्ति, यो शक्ति खर्च हुन्छ र पूर्ति गर्न समय लाग्छ । तर अर्को सुख छ शान्तिबाट आउँछ, जो विश्रामबाट आउँछ स्थिरतामा छ ।

समुद्र पूरै तरङ्गरहित छ, शान्त छ । कुनै प्रकारको तरङ्ग छैन । यो शान्तिमा, यो विश्राममा जुन प्रकारको सुख छ, यो सुखमा शारीरिक या मानसिक श्रम शक्ति खर्च हुँदैन । यो आफ्नो शक्तिको क्षयबाट उत्पन्न भएको सुख हैन । यो त शान्तिबाट, विश्रामबाट प्राप्त सुख हो, स्थिरताबाट निस्केको सुख हो । हाम्रो मन शान्त छ । मन शान्त भएका बेलामा प्राप्त भएको सुख हो । यो सुख स्थायी छ र जति सुख पायो, त्यति बढी पाऊँ जस्तो लाग्छ र आफूलाई मेटाइदिन मन लाग्छ । आफूलाई समर्पित गर्न मन लाग्छ र यो उत्तेजित भएको बेलामा ठीक या बेठीक, गलत वा राम्रो हामी हेर्दैनौं, किनभने यो भावको दुनियाँ हो भावले उत्तेजित गर्ने उत्तेजित हँुदाखेरि पनि क्षणिक होस् तर सुख त हुन्छ । एक प्रकारको सुखले ढाकेको हुन्छ आफूलाई र त्यो उत्तेजनामा मानिसले के ठीक के बेठीक सबै कुरा भुल्छ । जायज नाजायज सबै कुरा गर्छ । किनभने उसले सुख पायो नि, अलिकति क्षणिक सुखको लागि यति धेरै आफ्नो शक्ति खर्च गर्छ । भएभरको सबै खर्च होस् बरु, भोलि बिरामी भएर लड्नुपरे पनि लडूँ बरु जेसुकै होस् । भोलि इज्जतै जाओस्, जे–जे हुन्छ होस् । तर आजको सुख लिऔं, अहिलेको सुख लिऔं ।

यसरी उत्तेजनाबाट हुने सुखको लागि पनि मानिस सबै प्रकारका सम्पदालाई आहुति दिन तयार छ किनभने सुख अन्तिम लक्ष्य हो । अन्तिम लक्ष्य प्राप्तिका लागि त मानिस आफूलाई पूरा–पूरा सिध्याउन, रित्याउन तयार छ । तर गलत ठाउँमा रित्यायो । मानिसले आफ्नो शक्ति गलत ठाउँमा खर्च ग¥यो । यो सुख क्षणिक छ, कतिन्जेल टिक्छ उत्तेजनाको सुख ? एक छिनपछि उत्तेजना सकियो मानिस दुःखमा गयो, कष्टमा गयो, पश्चात्तापमा गयो । मेरो बुद्धि पुगेन उत्तेजनामा म अन्धो भएँ । नगर्नुपर्ने काम गरेँ र मैले आफ्नो स्वास्थलाई बिगारेँ, सम्पत्तिको पनि नाश गरेँ, इज्जत प्रतिष्ठाको पनि नाश गरे । अब म कंगाल भएँ, न स्वास्थ छ, न सम्पति छ, न इज्जत सम्मान छ, सब कुरा सिध्याएँ अनि मानिस पछुताउन थाल्छ । यहाँबाट यति गहिरो दुःखमा जान्छ । कहिल्यै फेरि उठ्नै नसक्ने गरी भासिन्छ ।

प्रत्येक व्यक्तिको खोज सुख हो तर गलत ठाउँमा सुख खोज्यो । उत्तेजनाको सुख हैन, शान्तिको सुख खोज्नुपथ्र्यो । यहाँ शरीरको ऊर्जा खर्च हुँदैन, अरु बढ्छ । यो सुखले चाहिँ तीनवटा कुरालाई वृद्धि गर्छ । स्वास्थ्य पनि वृद्धि गर्छ, सम्मान पनि वृद्धि गर्छ । किन सम्मान वृद्धि गर्छ भने जुन व्यक्ति भित्रैबाट आनन्दित छ भने जो व्यक्ति शान्त र सुखी छ, शान्त छ र असाध्यै आनन्दित छ र यस्ता व्यक्तिहरु सहयोगी हुन्छन् । अरुको भलाइ गर्न सधैँ तत्पर रहन्छन् र यस्ता व्याक्तिहरुले सम्मान प्राप्त गर्दछन्, शान्त मनले गरेको कर्म सधैँ सफल हुन्छ । मन शान्त हुनुपर्छ । कुनै पनि निर्णय गर्दाखेरि आफ्नो मनतिर फर्केर हेर्नुपर्छ । यतिखेर मेरो मन शान्त छ कि छैन ? आफ्नो मन जतिखेर शान्त छ, त्यो बेलामा महत्वपूर्ण निर्णय लिनुपर्छ, मन अशान्त छ भने एकछिनपछि गरौँला नि भनेर पर्खिनुपर्छ किनभने उत्तेजित मनले गरेको कुनै पनि संकल्प हानिकारक हुन्छ । सबै कुरा राम्रो मात्रै बनाउँछु, स्वास्थ्य पनि आयो, समृद्धि पनि आयो, सम्पत्ति पनि यसैमा आयो र सम्मान पनि यसैमा आयो । जुन व्यक्ति शान्त छ, र यो शान्तिबाट प्राप्त हुने सुखतिरको यात्रा गर्नु नै धर्म हो ।

अशान्तिबाट, उत्तेजनाबाट प्राप्त हुने सुखको लागि कर्म गर्नु सन्सारी कर्म हो र शान्तिबाट प्राप्त हुने सुखको लागि उद्यम गर्नु आध्यात्मिक कर्म हो । फरक यही हो । धर्म र अधर्मको फरक यति नै हो । दुवैको नियत ठीक छ । उद्देश्यमा कुनै प्रकारको भिन्नता छैन । उद्देश्य त सुख प्राप्ति गर्ने हो नि तर गलत ठाउँमा कर्म ग¥यो जानेनन् यिनीहरुले । जसले उत्तेजनाबाट सुख पाइन्छ भनेर कर्म ग¥यो– यही नै अपराध हो, पाप हो । र जुन व्यक्तिले शान्तिबाट सुख पाउने उद्यम ग¥यो यही हो धर्म । यही व्यक्ति हो धर्मात्मा किनभने शान्तिबाट प्राप्त सुख स्थायी हुन्छ र यसमा पनि आफूलाई मेटाउन मन लाग्छ । आफूलाई सिध्याउन मन लाग्छ, पूरै आफूलाई खन्याउन मन लाग्छ तर यहाँ यस्तो सुख छ, जति खर्च ग¥यो त्यति बढ्छ, जति आफूलाई रित्यायो, जति आफूलाई समाप्त ग¥यो, मेटाइदियो आफूलाई त्यति नै बढी सुख बढ्छ । त्यति नै लामो समयसम्म सुख स्थिर रहन्छ । निरन्तर हिमालयबाट बग्ने नदीजस्तो उसको प्रवाह सुखको प्रवाह बगी नै रहन्छ । निरन्तर चली नै रहन्छ ।

तर उत्तेजनाबाट आएको सुख क्षणिक हुन्छ । बिजुली चम्किएको जस्तो बिजुली चम्किँदा उज्यालो देखियो, फेरि अन्धकारको अन्धकार हुन्छ । त्यसैगरी यो सुख पनि बिजुली चम्किएको जस्तो छ । सुखको झलक त आयो । आउन पाएको छैन बन्द भयो र हामी सबैजना यही बिजुली चम्किएको जस्तो सुखको लागि आफ्नो सारा समय खर्च गरेका छौँ, सम्पत्ति खर्च गरेका छौं, स्वास्थ्य खर्च गरेका छौं । जानेनौँ हामीले गल्ती ग¥यौं ।

अब सजग हुनुपर्छ । अब यो शान्तिबाट आउने सुख कहाँ छ खोज्नु पर्छ र यो शान्तिबाट सुख प्राप्त गर्ने एउटै मात्र ढोका हो, एउटै मात्रै कला ध्यान हो । ध्यानले मात्रै आफूभित्रको आन्तरिक शान्तिलाई जगृत गराउन सकिन्छ र ध्यानबाट मात्रै पूर्णरुपमा स्वस्थ र समृद्ध हुन सकिन्छ । समृद्धि भनेको सम्पत्ति कमाउनु मात्रै होइन, समृद्धि भित्र ऐश्वर्यभित्र स्वास्थ्य पनि आउँछ, सम्पत्ति पनि आउँछ, सम्बन्ध पनि आउँछ । जो व्यक्ति सम्बन्धमा पनि ऐश्वर्यवान् छ, सम्पत्तिमा पनि ऐश्वर्यवान् छ, स्वास्थ्यमा पनि ऐश्वर्यवान् छ, त्यही व्यक्तिलाई ऐश्वर्यवान् भनिन्छ । यो ऐश्वर्यको कमाइ गरौँ । दुई प्रकारको सुख– एउटा उत्तेजनाबाट प्राप्त सुख, अर्काे ध्यानबाट प्राप्त सुख हुन्छ । र हामी सबैलाई पनि ध्यानस्थ हुने अवसर मिलोस् ।

(जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन विकास विशेषज्ञ रमेश नेपालको रेडियो प्रवचनबाट उतारिएको सामग्री)