विराटनगरमा अनलाइनबाट सट्टेबाजी गर्ने दुई युवक पक्राउ

विराटनगर । विभिन्न अनलाइन एप्स प्रयोग गरी अनलाइन सट्टेबाजी (अनलाइन जुवा) खेलाउने गैरकानुनी काममा सक्रिय दुई जनालाई प्रहरीले विराटनगरमा पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१२ बाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गैरकानुनी क्रियाकलाप गरिरहेको भन्ने सूचनाका आधारमा निगरानी गरी उनीहरूलाई पक्राउ गरिएको मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

पक्राउ पर्नेमा विराटनगर–१२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट   छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई दुई दिनअघि पक्राउ गरेको थियो ।

मोबाइल सेटमा विभिन्न एप्सहरु डाउनलोड गरी त्यसमार्फत् डिजिटल खाताहरु समेत प्रयोग गरी सट्टेबाजी गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । उनीहरूको कोठाबाट कम्प्युटर, मोबाइल सेटहरु लगायत बरामद गरिएको छ ।

मुलुकी अपराध संहिता २०७४ अनुसार मुद्दा अघि बढाएको प्रहरीले जनाएको छ । जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *