बिर्तामोडको बीएण्डसी मेडिकल कलेजलाई ५० जना विद्यार्थी पढाउने स्वीकृति

काठमाडौँ । झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले एमबीबीएस पढाइका लागि स्वीकृति पाएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सञ्चालन गरेको उक्त कलेजमा ५० जना विद्यार्थी अध्यापन गराउने गरी चिकित्सा शिक्षा आयोगले चिकित्सा शास्त्र स्नातक तह अध्यापन गर्न स्वीकृति दिएको हो ।

आयोगले यो शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउने गरी सिट निर्धारण गरेको कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए । २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएण्डसी मेडिकल कलेज सञ्चालनमा आएको हो ।

पूर्वाधार स्थापना गरिसकेपछि लामो समयसम्म अध्यापनको स्वीकृति पाउन नसकेपछि प्रसाईंले २०७८ भदौ २४ गते सर्वाेच्च अदालतमा रिट दिएका थिए ।  २०८० चैत १३ गते न्यायाधीश डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको संयुक्त इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *