बसको ठक्करले बालक र हजुरआमाको मृत्यु

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करले एक जना महिला र उनका नातिको गएराति मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्ता पूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा ना ७ ख २५२५ नम्बरको बसले ७ वर्षीय विशाल श्रेष्ठ र उनकी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार विशालको घटनास्थलमा मृत्यु भएको थियो भने उनकी हजुरआमाको उपचारका क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *