पूर्वदेखि पश्‍चिमसम्म केही स्थानमा वर्षा हुने

काठमाडौँ । बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा आज हल्का वर्षा भइरहेको छ । दिउँसो पनि मौसम बदली नै रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी मधेश र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । दिउँसो बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एकदुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।

आज राति बाग्मती र कर्णाली प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *