तराई मधेसमा आज चौठचन्द्र पर्व मनाइँदै

जनकपुरधाम । तराई मधेशका जिल्लामा आज चौठचन्द्र (चौरचन) पर्व मनाइँदैछ ।  छठपछि मधेशमा दोस्रो ठूलो पर्व मानिने यो पर्वमा व्रतालु दिनभर उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्छन् ।

व्रतालुले गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल आदि प्रसादको रूपमा अर्पण गर्छन् । सूर्यास्तपछि आँगनमा गाईको गोबरले लिपेर चामलको पिठोबाट कलात्मक अरिपन बनाई, त्यसमा पूजाका सामग्री राखेर पूजा गर्ने चलन छ ।

यस अवसरमा माटोको नयाँ भाँडोमा दही, केरा, मिठाई र विभिन्न पकवानहरू चढाइन्छ । चढाइएको पर्वको अन्त्यमा प्रसाद ग्रहण गर्ने र इष्टमित्रलाई वितरण गर्ने परम्परा छ । साथै, गणेश र चन्द्रमाको कथा सुन्ने चलन पनि छ ।

यो पर्वको प्रारम्भ प्रख्यात ज्योतिष तथा तत्कालीन नरेश हेमांगद ठाकुरले गरेको धार्मिक मान्यता छ, जसले चौठचन्द्र गर्नाले विशिष्ट फल प्राप्त हुने विश्वास स्थापित गरेका थिए । धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, बारा, पर्सा लगायत मधेशका जिल्लामा यो पर्व विशेष उल्लासका साथ मनाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *