बाढीले बगाउँदा दुई जनाको मृत्यु, एक युवक बेपत्ता

बागलुङ ।  बागलुङ नगरपालिका–४ बन्द्रेमा बाढीले बगाउँदा एक दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बाढीले गएराति बगाएको हो ।

प्रहरीका अनुसार मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ–४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएका छन् । उनको खोजी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *