सरकारले दियो ६० करोड, किसानले दूधको भुक्तानी पाउने

काठमाडौँ । दूध आपूर्ति गरेबापत लामो समयदेखि भुक्तानी पाउन नसकेका किसानले अब रकम पाउने भएका छन् । मन्त्रिपरिषद्को बैठकले किसानलाई भुक्तानीका लागि दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिएको छ ।

किसानहरूलाई भुक्तानी गर्न बाँकी रकम दिने गरी प्रविधि सुधार तथा व्यवसाय बिस्तार गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले ओलम्पिक पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख रुपैयाँ, प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *