विद्यार्थीबीच पौडी प्रतियोगिता

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट स्कुलमा अन्तर एभरेष्ट पौडी प्रतियोगिता सुरु भएको छ । आज प्रतियोगिताको उद्‌घाटन विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले रिबन काटेर गरे ।

एभरेष्ट कलेज परिसरमा रहेको स्विमिङ पुलमा सुरु भएको प्रतियोगिता शनिवार सम्पन्न हुने छ । आज पहिलो दिन कक्षा २ देखि ५ सम्मका खेलाडीले सहभागिता जनाएका छन् । बुधबार सम्पन्न छनौट चरणमा उक्त समूहका २०० जना बाट ६० जना प्रतियोगितामा छनौट भएका थिए । तिनै खेलाडीबीच आज विभिन्न विधाका प्रतिस्पर्धा भएको थियो ।

कक्षा २ र ३ बाट फ्रि स्टाइल २५ मिटर पौडीमा छात्रतर्फ प्रियन्जन राय प्रथम, रायन भट्टराई द्वितीय र प्रणव चौधरी तृतीय भए । सोहि स्पर्धामा छात्रातर्फ आस्मा चौधरी प्रथम, हुरिया खतिमा द्वितीय र पल्पसा चौधरी तृतीय भए ।

कक्षा ४ र ५ को प्रतियोगितामा फ्रि स्टाइल २५ मिटरमा स्वराज सिंह नेपाल प्रथम, रेहान यादव द्वितीय र अनुभव दाहाल तृतीय भए । सोही कक्षाको ब्रेथ स्ट्रोकको ५० मिटरको स्पर्धामा आरध्य पाण्डे प्रथम, प्राञ्जल तिम्सिना द्वितीय र पुरक तिम्सिना तृतीय भए । फ्रि स्टाइल ५० मिटरमा पनि आरध्य पाण्डे प्रथम हुँदा पुरक तिम्सिना द्वितीय र प्राञ्जल तिम्सिना तृतीय भए ।

यस्तै सोही कक्षाको ब्याक स्ट्रोक २५ मिटरको स्पर्धामा आरध्य पाण्डे प्रथम, प्राञ्जल तिम्सिना द्वितीय र पुरक तिम्सिना तृतीय भए । फ्रि स्टाइलकै १०० मिटरको स्पर्धामा आरध्य पाण्डे प्रथम हुँदा पुरक तिम्सिना द्वितीय र प्राञ्जल तिम्सिना तृतीय भए । सोही कक्षाको छात्रातर्फ भएको फ्रि स्टाइल स्पर्धामा भावना कुमारी साह प्रथम र अनन्या पोद्दार द्वितीय भएको विद्यालयका अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डङ्गोलले जानकारी दिइन् ।

प्रतियोगिताअन्तर्गत शनिवार कक्षा ६ देखि १० सम्मका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । शनिवार फ्रि स्टाइलतर्फ ५०, १००, २००, ४०० र १५०० मिटरका स्पर्धा हुनेछन् ।

ब्रेष्ट स्ट्रोकतर्फ १०० र २०० मिटर, ब्याक स्ट्रोकतर्फ ५० र १००, बटर फ्लाई ५० र १००, रिलेतर्फ ४०० मिटर र आईएम तर्फ १०० मिटर लगायतका स्पर्धाहरु हुने डङ्गोलले बताइन् । शनिवार छनौट चरण पार गरेका करिब २०० विद्यार्थीले प्रतिष्पर्धामा भाग लिनेछन् । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *