एन्फा महिला लिग : कोशीले बाग्मतीलाई हरायो

काठमाडौँ । एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले बाग्मती युथ क्लबलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो खेलमा कोशीले बाग्मती युथलाई २–१ गोलले हराएको हो ।

कोशीका लागि समीक्षा मगरले एक गोल गरिन् । अर्को एक गोल आत्मघाती भएको थियो । बाग्मती युथकी विष्णुमाया बलले टिमका लागि एक गोल गरिन् । पहिलो चरणमा कोशीले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको थियो भने बाग्मती युथले सुदूरपश्चिम प्रदेशलाई हराएको थियो ।

आजको दोस्रो खेलमा वालिङ नगरपालिका र कर्णाली प्रदेश खेल्दैछन् । एन्फा महिला लिग फुटबलमा आजदेखि दोस्रो चरणका खेल शुरु भएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भएको लिगमा १० वटा टोली सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *