देशभरका विश्वविद्यालयमा अब एकै खाले शैक्षिक क्यालेन्डर

काठमाडौँ । सरकारले देशभरका सबै विश्वविद्यालयमा एकै खालको शैक्षिक क्यालेन्डर लागू गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका १३ वटै विश्वविद्यालयमा एकै खालको शैक्षिक क्यालेन्डर लागू गर्ने भएको हो । यसको तयारीका लागि ती सबै विश्वविद्यालयका उपकुलपति र अन्य सहितका पदाधिकारीहरूसँग असोजको पहिलो साता छलफल गरिने भएको छ । शिक्षामन्त्री विद्या भट्टराईले सबै विश्वविद्यालयमा एउटै खालका शैक्षिक क्यालेन्डर लागू गर्न तयारी भइरहेको जानकारी दिइन् ।

‘विश्वविद्यालयहरूमा फरक फरक समयमा पठनपाठन हुने, फरक समयमा परीक्षा हुने, नतिजा पनि फरक समयमा हुने गरेका छन्’ उनले भनिन्, यसले गर्दा विद्यार्थीहरू मर्कामा परिरहेका छन् । अब १३ वटै विश्वविद्यालयका लागि नेशनल क्यालेन्डर बनाउँछौं ।’

विश्वविद्यालयमा देखिएका तमाम समस्या समाधानका लागि शिक्षा मन्त्रालय र आफू निरन्तर रूपमा लागिरहेको उनको भनाइ छ । विश्वविद्यालयको अवस्था सुधार नहुँदा विद्यार्थीहरू विदेश पलायन हुने समस्या देखिएको बताउँदै त्यसका लागि विद्यमान समस्याको समाधानतिर लागेको मन्त्री भट्टराईले बताइन् ।


प्रतिक्रिया

One thought on “देशभरका विश्वविद्यालयमा अब एकै खाले शैक्षिक क्यालेन्डर

  1. A timely resolution. Monitoring and evaluation need to be done along with the uniformity in academic calendar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *