उदयपुरको कटारीमा आमाछोराको हत्या

उदयपुर ।  कटारी नगरपालिका–१० सोरुङ छबीसेमा आमा छोराको हत्या भएको छ । किराना पसल गर्दै आएकी ४० वर्षीया निर्मला थापा र ६ वर्षीय छोरा आरुस थापा बिहीबार बिहान पसलमै मृत अवस्थामा भेटिएका हुन् ।

स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए । दुवैलाई हतियार प्रहार गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोका अनुसार प्रहरी टोली घटनास्थल पठाइएको छ ।

घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर पहाडी भेगमा पर्दछ । निर्मलाका श्रीमान अशोक थापा दुई वर्षअघि कान्छी श्रीमती लिएर भारततिर गएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *