सडक माथिबाट खसेको ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकामा गुडिरहेको मोटरसाइकलमा माथिबाट खसेको ढुङ्गाले लागेर चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिका–११ सलकपुरका २६ वर्षीय उद्वव ढकालको मृत्यु भएको हो ।

पाँचथरका डीएसपी हेमन्त भण्डारीका अनुसार काबेली ‘ए’ जलविद्युत आयोजनामा कार्यरत उनलाई बुधबार हिलिहाङ–१ हाङदे भन्ने स्थानमा मोटरसाइकल कुदाइरहेका बेला सडक माथिबाट खसेको ढुङ्गाले लागेको थियो ।

गम्भीर घाइते भएका ढकाललाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । प्रारम्भिक जाँचपछि चिकित्सकले उनको मृत्यु भइसकेको जानकारी दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि बसेका काठमाडौंको मनोहरा नगरपालिका–९ घर भएका तुलसीबहादुर खड्का घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *