सुरु भयो तिजः आज दर खाने, भोलि व्रत

काठमाडौँ । नेपाली हिन्दु नारीले हरितालिका तिज पर्व आज दर खाएर मनाउँदैछन् । आजदेखि चार दिने तिज पर्व सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने तिज पर्वको पहिलो दिन दर खाने चलन छ ।

माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । यस्ता खानेकुराले व्रतका दिन आडिलो बनाउँछ ।

तिजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं अडिलो परिकार दरका रूपमा खाई भोलिपल्टको व्रतका लागि पूर्व तयारी गर्छन् ।

महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन् । तिजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् ।

तिजका अवसरमा महिलाहरु भेला भएर सामूहिक रुपमा नाचगान गरी रमाइलो पनि गर्ने चलन छ । विभिन्न संस्थाहरुले यस्ता कार्यक्रम आयोजना गर्ने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *