कारसहित बाबुछोरी खसे सेतीको खोँचमा, प्रहरीद्वारा उद्धार

पोखरा । पोखरामा कार पार्किङ गर्ने क्रममा बाबुछोरी सेती नदीको खोँचमा खसेका छन् । उनीहरु आफ्नो कारसहित खोँचमा खसेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ पोखराको मेडिपल्स हस्पिटल पछाडि पार्किङ गर्ने क्रममा ग २ च ८१३८ नम्बरको कारसहित पोखरा महानगरपालिका–८ सिमलचौरका ४० वर्षीय लोकेन्द्र आचार्य र उनकी चार वर्षीया छोरी शीतल खोँचमा खसेका थिए । करिब २० मिटर तल खसेका दुवैको सकुशल उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *