विराटनगरका ५ जना विद्यार्थी थाइल्याण्डमा हुने च्याम्पियनसिपमा सहभागी हुने

विराटनगर । नेपालका पाँच विद्यार्थीहरूले थाइल्याण्डमा हुने ‘इन्डुरेन्स इन्टरनेसनल च्याम्पियनसिप २०२४’ मा सहभागिता जनाउने भएका छन् । विराटनगरस्थित हेरिटेज स्कुल र दिल्ली पब्लिक स्कुलका विद्यार्थीहरूले नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने भएका हुन् ।

हेरिटेजबाट कुनाल कामत, गोविन्द गोयल अग्रवाल र युरिसा पोखरेल स्केटिङ प्रतियोगितामा सहभागी हुने जनाइएको छ । यस्तै, दिल्ली पब्लिकबाट आध्या शर्मा र इशानी शर्माले सहभागिता जनाउने छन् ।

सेप्टेम्बर १८ देखि २३ सम्म थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालसहित १२ देशका खेलाडीको सहभागिता रहने जनाइएको छ । भारत, केन्या, श्रीलङ्का, थाइल्याण्ड, माल्दिभ्स, बङ्गलादेश, इन्डोनेसिया, इजिप्ट, युएई, फिलिपिन्स र रुवाण्डाका खेलाडीले सहभागिता जनाउने मोरङ जिल्ला स्केटिङ एशोसिएसनका अध्यक्ष सुरज कामतले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *